२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

चिनियाँ ह्याकरसंग डलर साट्ने ३ नेपाली पक्राउ

  • २०७६ भाद्र १६, सोमबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योती
    १६ भदौ २०७६, सिन्धुपाल्चोक ।

    चिनियाँ ह्याकर समूहले बोकेको डलर साट्ने कार्यमा संलग्न मनि एक्सेन्जका ३ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले उनीहरुलाई केही सोमबार दिउँसो ठमेलबाट पक्राउ गरिएको पुष्टि गरे ।

    पक्राउ पर्नेहरुमा डेक्सो मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाललय मनि एक्सेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दुवाडी रहेका छन् । प्रहरीका अनुसार उनीहरुले फरार रहेका चिनियाँ नागरिकको पैसा साटेका हुन् ।

    शनिबार पक्राउ परेका पाँच जना चिनियाँ नागरिकको बयानका आधारमा एटीएमबाट पैसा चोरेर भाग्दै गर्दा आइतबार साँझ एकजना चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । अन्य दुई जना भने फरार छन् ।

    उनीहरुले २५ हजार ८ सय डलर डेक्सो मनि एक्सेन्च र नेपाललय एक्सेन्जबाट साटेको खुल्न आएको थियो । डीएसपी बोगटीले घटनाबारे थाहा हुँदाहुँदै पनि उनीहरुले पैसा साटेर चिनियाँ नागरिकलाई भगाएको पाइएको दावी गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस