२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

मेलम्ची आयोजना : यांग्री र लार्के काम सुरु

  • २०७६ अषाढ १, आईतबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २०७६ असार १ आइतबार
    मेलम्चीः बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना करिब सात महिनादेखि बन्द छ । ठेकेदार कम्पनीले काम छाडेपछि आयोजना ठप्प भयो । तर, पहिलो खण्डको काममा अन्योल रहँदा शनिबारदेखि दोस्रो खण्डको काम सुरु भएको छ ।
    मेलम्ची खानेपानी आयोजनामा यांग्री र लार्के खोलाको मिसाएर संघीय राजधानी लग्नका लागि काम सुरु भएको हो । आयोजनाभित्र पर्ने जग्गाधनीहरूका लागि १५ दिनभित्र मुआब्जा लिनका लागि सूचना जारी भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् ।
    पाँचपोखारी थाङ्पाल गाउँपालिका १ को १५२ कित्ता र २ को ५५, ४ मा ४४, ८ मा ३६, ९ मा ६ र वडा नम्बर ६ को ४ कित्ता जग्गा सरकारी अधिग्रहणमा पर्ने भएकाले उनीहरूलाई मुआब्जा लिन आग्रह गरिएको छ ।
    स्थानीय मुआब्जा बुझ्न समेत नआएको पाँचपोखारी थाङ्पाल गाउँपालिका २ का वडाध्यक्ष पासाङ स्याङवोले जनाए । आयोजनाको लागि पालिकाअन्तर्गत पर्ने जग्गा र त्यहाँको संरचनाको मुआब्जा लिन स्थानीय नआएको बताए । मुआब्जा लिन स्थानीय नआएकाले सरकारले १५ दिनभित्रमा लिन स्थानीयलाई आग्रह गरेको उनको भनाइ छ ।
    दोस्रो खण्ड अन्र्तगतको याग्री र लार्केको पानी लानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । पहिलो चरणमा १७ करोड लिटर र दोस्रो चरणमा सम्पन्न भएपछि ५१ करोड लिटरमा संघीय राजधानी पुर्याउने सरकारी योजना छ। दोस्रो चरणका लागि ३० अर्ब रुपैयाँ खर्च गरेर करिब ४ वर्ष्भित्र काम सक्ने लक्ष्यका साथ काम अगाडि बढ्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस