२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

घरदैलोमा उपचार पाएपछि खुसी

  • २०७६ जेष्ठ २८, मंगलबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २०७६ जेठ २८ मंगलबार

    सिन्धुपाल्चोकः भोटेकोसी गाउपालिका वडा ५ का निमास्याङ्बो तामाङ घरदैलोमा आखाको उपचार पाएपछि दंग परे । वल्डिङ काम गर्दा आखामा फलामको टुक्रा अड्किएर आखा नदेख्ने अवस्थामा पुगेपनि आर्थिक समस्या कारण उपचार गराउन नसकेका उनले एकमहिनापछि मात्रै प्रष्ट आखा देखे । ‘पैसा नभएर आखा बिग्रीयो भन्ने सम्झे, दैवलाई पुकारे , आहिले आगमनमै उपचार पाएपछि ढुक्क छु,’ उनले हर्ष पोखे । शिविर अभियानमा जुटेका स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई धन्यवाद दिदै उनले अन्य बिरामीलाई सघाए ।
    हड्डी दुखेर हैरानी व्यहोरिरहेकी मार्मिङ गाउकी छोमा शेर्पाले घरमै आर्युवेद औषधी र फिजियोथिरापी सेवासहित परामर्श पाएपछि हलुका भइन् । ‘बुढेसकाल लाग्यो भनेर चुप थिए,शिविरमा गएपछि शरिरको समस्या भन्ने बुझे उपचार पनि पाए,’६१ वर्षकी शेर्पाले औषधी लिदै भनिन् । शरिरको दुखाई बुढेसकालको लक्षण नभइ शरिरको समस्या भन्ने शिविरमा आएर मात्रै बुझेको उनले सुनाइन् । ‘अब भने बढी शरिरमा स्फुर्ती बढेको छ,एक वर्ष आयु बढेको अनुभव भएको छ,’उनले भनिन् । फुल्पिङकट्टी हिन्दीका ध्रुव थापाले स्वास्थ्य जाच्दै आवश्यक औषधी लिए । ‘अरुलाई पनि स्वास्थ्य परिक्षण गर्न सहयोग गरे, आफुले पनि उपचार लिए,’उनले भने ।
    यार्साकी ५४ वर्षकी लालमाया तामाङले स्त्री रोग विशेषज्ञ डा पोमावती थापाबाट पाठेघरसम्बन्धी समस्याबारे बुझ्दै औषधी उपचार गराइन् । ‘मेरो पाठेघरमा ठुलो समस्या आएको रहेछ यहा जाचपछि मात्रै थाहा पाइयो, अब चाडै उपचार गराउनको लागि जान्छु,’उनले भनिन् ।
    स्वास्थ्य कार्यालयको आयोजनामा भोटेकोसी गाउपालिको सहयोगमा भोटेकोसी गाउपालिकाको चाकुमा गरिएको घरदैलो शिविरमा चारसय ३ बिरामीले उपचार पाए ।
    शिविरमा ६० दात,५५ आर्युवेददेखि दुई जनाले मानसिक उपचार लिए । १५ अल्ट्रासाउण्ड सुविधा, २८ जनाले पाठेघरसम्बन्धी परिक्षण गराएको स्त्री रोग विशेषज्ञ र स्वास्थ्य प्रमुख पोमावती थापाले बताइन् । ‘जसमा जटिल समस्या देखिएकालाई तत्कालै अस्पताल जान सुझाएका छौ,अन्यलाई सावधानी अपनाउन परामर्श दिएका छौ, ’उनले भनिन् । जुगल गाउपालिकाको गुम्बा र भोटेकोसीको मार्मिङ चाकुमा गरी दुई पटक विभिन्न समस्याबारे शिविर गरिएको उनले जनाइन् ।
    ४५ जनाले रगत, स्वास्थ्य प्रयोगसाला र एकसय १९ जनाले आखा परिक्षण गराएका थिए । फिजियोथेरास्पीट रति गुरुङको नेतृत्वमा ३६ जानले सेवा र २६ जनाले विभिन्न सामाग्री लिए । गाउलाई लक्षित एक दिने शिविर अभियानमा सामान्य स्वास्थ्य परिक्षण, मानसिक, स्त्री रोग, गर्भवती महिलाको एक्सरे, पाठेघर, आर्युवेद, आखासम्बन्धी, रगत पिसावदिसाको प्रयोगशाला परिक्षणदेखि फिजियोथिरापीजस्ता दर्जनौ सेवा दिइएको थियो ।
    ‘यस्ता शिविर अब गाउपिच्छै गर्ने योजना बनाएका छौ, आर्थिक अभावले गर्दा गाउमा समस्या बोकेर या लुकाएर बसेको पाइयो, यसैको लागि शिविर अभियान ल्याएका हौ,’ भोटेकोसी गाउपालिकाका प्रमुख राजकुमार पौडेलले भने । स्वास्थय टोलीको अनुसन्धानमा गाउमा महिलासम्बन्धी समस्या व्यापक पाइएपछि अभियानलाई गाउ लक्षित बनाएर अगाडी बढाइएको उनको भनाइ छ । यस्ता कार्यक्रमबाट धेरै सेवा पुग्ने दिएपछि शिविर अभियान चलाइएको उनले प्रष्ट्याए ।
    घरदैलोमा उपचार पाएपछि हर्ष
    स्वास्थ्य कार्यालयको आयोजनामा भोटेकोसी गाउपालिको सहयोगमा सिन्धुपाल्चोकको भोटेकोसी गाउपालिकाको मार्मिङ चाकुमा गरिएको घरदैलो शिविरमा उपचार लिदै सर्वसाधरण । गाउलाई लक्षित एक दिने शिविर अभियानमा सामान्य स्वास्थ्य परिक्षण, मानसिक, स्त्री रोग, गर्भवती महिलाको एक्सरे, पाठेघर, आर्युवेदजस्ता सेवामा चारसय ३ बिरामीले उपचार पाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस