२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

भूकम्पछि बन्द तातोपानी नाका चार बर्षपछि खुल्यो

  • २०७६ जेष्ठ १५, बुधबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २०७६ जेठ १५ बुधबार
    तातोपानी: विनाशकारी भुकम्पपछि बन्द रहेको तातोपानी नाका खुलेको छ । उद्योग तथा वाणिज्य मन्त्री मातृका यादव तथा चीनको भन्सारका उपमन्त्री झाङ जिवेन तथा चिनियाँ राजदुत हाउ याङ जिले संयूक्त रुपमा बुधाबार नाका सञ्चालनको घोषणा गरेका हुन् ।
    मंगलबार खासा गएको चार वटा कन्टेरनलाई सिमा पार गराएर तातोपानी नाका सञ्चालनमा ल्याएको घोषण गरेका हुन् । पहिलो पटक नाकाबाट चार वटा कन्टेनरले ऊन बोकेर तिब्बतको खासाबाट नेपाल प्रवेश गराएर कारोबार सुरु गरिएको छ ।
    मितेरी पुलमा रिबन काटेर बन्द नाका खुलेको घोषणासँगै मालबाहक कन्टेनर नेपाल ल्याइएको छ । नेपालबाट भने उद्योगमन्त्री यादव, सांसदद्धय अग्निप्रसाद सापकोटा, शेरबहादुर तामाङ, मन्त्रालयकै उद्योग सचिव, वाणिज्य सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव र भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल, प्रमुख जिल्ला अधिकारी गोमादेवि चेम्जोङलगाइतको उपस्थितिमा नाका सञ्चालनमा ल्याइएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस