२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सिमाक्षेत्रमा अवैध क्रियाकलापमा राेक्न गृहमन्त्रीको निर्देशन

  • २०७६ जेष्ठ १३, सोमबार मा प्रकाशित ५ साल अघि
  •  खबरज्याेति २०७६ जेठ १३ साेमबार
    तातोपानी : गृहमन्त्री रामबहादुर थापाले शनिबार तातोपानी सीमा नाकाको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा गृहमन्त्री थापाले नाका सञ्चालन पछिको सुरक्षा अवस्था चुस्त राख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

    आगामी सातादेखि तातोपानी नाका सञ्चालानको तीव्र तयारी भइरहेको छ। सोही अवसरमा गृहमन्त्री थापाले तातोपानी नाकाको अवलोकन गरेका हुन्। तातोपानी नाका सञ्चालन हुँदा यसअघि धेरै अवैद्य क्रियाकलाप हुने गरेको सम्झँदै त्यसलाई रोक्न सुरक्षा निकाय जिम्मेवार वन्नुपर्ने बताए। नाका क्षेत्रको सडक, पूर्वाधारसँगै सुरक्षा व्यवस्थाबारे मन्त्री थापाले स्थलगत अवलोकन गरे।

    मन्त्री थापाले सीमा क्षेत्रको सुरक्षामाथि चिनियाँ पक्षले शंका पैदा गरेकै कारणले तातोपानी नाका सञ्चालनमा ढिलाई भएको जनाए। चीनको राष्ट्रिय सुरक्षालाई नेपालले सहयोग गरेपछि नाका सञ्चालनपछि त्यहाँ कुनै पनि आपराधिक गतिविधि हुन नसक्ने पनि दाबी गरे। तातोपानी नाकामै सुरक्षा अधिकारीलाई भेला गराएर गृहमन्त्रीले पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिइसकेपछि निर्देशन समेत दिएका छन्।

    नाकाको अवलोकनमा आएका नेकपा सांसद अग्निप्रसाद सापकोटाले सीमा क्षेत्रमा गैरकानुनी क्रियाकलाप जरैबाट उखालेर फाल्न आवश्यक रहेको जनाए। ‘तातोपानी  सीमा नाका सञ्चालन हुँदा अवैद्य क्रियाकलापले बदनाम हुँदै आएको थियो। जुन क्रियाकलाप रोक्नु पर्छ’, सांसाद सापकोटाले भने।

    भूकम्पबाट बन्द रहेको तातोपानी नाका आगामी जेठ १७ बाट सञ्चालनमा ल्याउने तीव्र तयारी भइरहेको छ। नाका सञ्चालनको लागि आवश्यक पूर्वाधारको लागि तीव्र रुपमा काम भइरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस