२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

सबै स्थानीय तहमा दमकल र एम्बुलेन्स

  • २०७५ चैत्र १५, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति १५ चैत्र २०७५
    सिन्धुपाल्चोकः प्रदेश ३ सरकारले प्रदेशका नगर क्षेत्रमा दमकल र गाउँपालिकाहरूमा एम्बुलेन्स दिने भएको छ ।
    प्रदेशका १ सय १९ वटा स्थानीय तहमध्ये गाउँपालिकाहरूमा एम्बुलेन्स र नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा दमकल दिने भएको हो । यो सहायता प्रदान गर्नका लागि प्रदेश ३ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै स्थानीय तहहरूलाई एम्बुलेन्स र दमकलको आवश्यताबारे विवरण उपलब्ध गराउन माग गरिसकेको छ ।
    गाउँमा एम्बुलेन्स नभएका कारण धेरै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यतालाई मध्यनजर गरेर प्रदेश सरकारले गाउँपालिकालाई केन्द्रित गरेर एम्बुलेन्स सेवा दिन लागेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।
    गाउँपालिकाले आवश्यताका आधारमा प्रदेश सरकारलाई माग गरेपछि एउटा गाउँपालिकाले एउटा एम्बुलेन्स प्राप्त गर्नेछन् । त्यसैगरी, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई आगलागी भएको समयमा तत्काल आगलागी नियन्त्रण गर्न सकियोस् भन्ने उद्देश्यले दमकल दिन लागिएको उनले बताए ।
    सरकारले पछि घोषणा गरेको नगरपालिकाहरूमा दमकल अभावका कारण अन्य नगरपालिकाका दमकल बोलाएर आगलागी नियन्त्रण गर्नुपर्ने बाध्यता छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस