२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

पौने दुई करोडको खानेपानी योजना मर्मत नहुँदा जोखिममा

  • २०७५ चैत्र १४, बिहिबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति, १४ चैत्र २०७५, बाह्रविसे
    सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको मुख्य बजार क्षेत्रका स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको ट्यांकी आसपासको क्षेमा मर्मत नहुँदा जोखिममा परेको छ । भदौमा गएको साधिखोलाको बाढीले ट्यांकी आसापासको भूभागमा असर परेको हो ।

    खानेपानी आयोजनाको ट्यांकी आसपासमा मर्मम नहुँदा आगामि बर्खामा पहिरोले ट्यांकी नै बगाएर लानसक्ने अवस्था सिर्जना भएको छ । आर्थिक अभावले गर्दा जोखिम न्यूनिकरण गर्दा समेत नगरपालिकाले वेवास्ता गरेको छ । नगरपालिकाबाट बजेट प्राप्त नहुदाँ संरक्षण गर्न नसकेको हो ।
    २०६९ सालमा सुरु भएको बाह्रविसे बालुवा खानेपानी आयोजनामा अहिलेसम्म १ करोड ७५ लाख खर्च भैसकेको बाह्रविसे बालुवा खानेपानी आयोजनाका अध्यक्ष नहेन्द्रबहादुर श्रेष्ठले जनाए । अहिले आयोजनाबाट ल्याएको पानीले बाह्रविसे बजारका करिब एक सय घरधुरी लाभाम्वित भएका अध्यक्ष श्रेष्ठले बताए ।
    ‘आयोजना निर्माण भएपछि बाह्रविसे बजारको खानेपानीको समस्या हटेका छ । तर, यो बर्खा अगाडि पहिरो नियन्त्रण गर्न सकिएन भने आउदो बर्षामा खानेपानीको ट्यांकी र घर जोगाउँन मुस्किल पर्छ’ उनले भने ।
    करिब आठ किलोमिटरभन्दा टाढाबाट ल्याएको सो ट्यांकीमा खानेपानी संकलन गर्ने गरिएको उनले सुनाए । ‘पहिरोले ट्यांकीमा असर गर्यो, मर्मत गर्न पैसाको अभावले गर्दा सकिएन’ उनले भने, ‘नगरपालिकाबाट पनि बजेट पार्न सकिएको छैन, अब बर्षा लाग्न धेरै समय छैन, बर्षा अघि जसरी भएपनि पहिरो नियन्त्रण गर्नुपर्छ ।’
    खानेपानी प्रयोगि गर्ने प्रतिपरिवारले मासिक तीन सय रुपैयाँ तिर्ने गरेका छन् । खानेपानी आयोजनाको संरक्षण गर्नको लागि तीन जना कर्मचारी समेत आयोजनाले राखेको जनाएको छ । खानेपानीको मुहान टाढा भएकाले ट्यांकीमा एक, बिचमा एक र मुहानमा एकजना कर्मचारी राखेको अध्यक्ष श्रेष्ठले जनाए ।
    खानेपानी आयोजना संरक्षण गर्नका लागि सबैतिर ध्यानकार्षण गर्दा समेत कसैबाट पनि वास्ता नगरेको बाह्रविसे नगरपालिका ४ वडाध्यक्ष ज्ञानेन्द्रप्रसाद श्रेष्ठले जनाए । आफ्नो ठाउँबाट खानेपानी आयोजना संरक्षणको लागि सक्दो पहल गरीरहेको समेत उनले बताए ।
    ‘संरक्षणको लागि धेरै रकम लाग्ने भएकाले आर्थिक संकट परेका छ ।’ वडाध्यक्ष श्रेष्ठले भने ,‘नगरपालिकाबाट पुरै नगरको लागि खानेपानीको क्षेत्रमा १० लाख विनियोजित भएको छ ,त्यो सबै रकम यहि लगानी गर्दा समेत पुग्ने अवस्था छैन ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस