२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

विद्यालय नबन्दा टहरामै पढाई,नौ विद्यार्थी चार शिक्षक !

  • २०७५ चैत्र १४, बिहिबार मा प्रकाशित ५ साल अघि
    • खबरज्योति, १४ चैत्र २०७५, चौतारा
      चौतारा साँगाचोगढी नगरपालिका ४ स्थित सिम्पानीको जाल्पा देवि आधारभूत विद्यालय विनाशकारी भूकम्पले पूर्ण रुपले रुपमा ध्वस्त भयो । तर, भूकम्प गएको ४ बर्ष बित्न लाग्दा समेत विद्यालयको पठनपाठन टहरामै सञ्चालन हुदै आएको छ ।

    • विद्यालयको भवन निर्माणको लागि २०७३ कात्तिक ४ गते ०७४ माघ ६ गते निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता भयो । निर्माणको जिम्मा श्यामसुन्दर÷श्याम जेभि कम्पनीले लियो । तर, निर्माण सम्पन्न हुने मितीबाट १ बर्षको म्याद थप हुदासम्म समेत विद्यालयको निर्माण सम्पन्न भएको छैन ।
      ‘२०७३ फागुनको दोस्रो साताबाट ठेगेदारले काम सुरु गरेको थियो । सामान्य रुपमा घडेरी खनेर मात्र छाडेर १ बर्ष बितायो । र, त्यसपछि निर्माणको काम सुरु गर्यो तर विद्यालयको निर्माण सम्पन्न भएको छैन’, विद्यालयको प्रध्यानाध्यापक रामप्रसाद शर्माले भने ।
      २०७४ माघ ६ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो’ प्रअ शर्माले भने–‘विद्यालय बनाउन भनेर धेरै खटिसके । तर, निर्माण पक्षले अझै भवन निर्माण नसक्दा अझै बालबाकिा टहरामा रहेर पढन बाध्य भएका छन् । कुरा गर्दा आलटाल मात्रै गर्छ ।’
      गत साता केन्द्रिय कायान्वयन इकाई इन्जिनियर, जिल्ला कार्यान्वयन ईकाई प्रमुख तथा इन्जिनियर, ठेगेदार पक्षलगाएतको टोलिले सामुहिक रुपमा अनुगन गरेको थियो । अनुगमन पश्चात् एक सातमा निर्माण कार्य सुरु गर्ने ठेगेदार पक्षले जनाएको थियो । तर, अनुगन गरको दुई साता वितिसक्दा समेत निर्माण कार्य सुरु नगरेको विद्यालयका प्रध्यानाध्यापक शर्माको भनाई छ ।
      विद्यालय जस्तो संवेदशिल क्षेत्रमा समेत ठेगेदार समितीको लापर्वाहिकै कारणले विद्यालय निर्माण हुन नसकेको जिल्ला कार्यन्वयन इकाइ प्रमुख कृष्ण सु्बेदीले जनाए । ‘निर्माण कार्य समयमा नै सक्ने ठेगेदार पक्षले जनाएको थियो । तर, अहिलेसम्म विद्यालय निर्माणको काम अलपत्र भएको रहेछ’ उनले भने, ‘हामीले विद्यालयलाई सक्दो छिटो निर्माण सक्न निर्देशन दिएका छौँ ।’
      ‘हामीले समयमा नै काम सुरु गरेको थियौँ । तर, निर्माणले तिव्र रुपले गति लिन सकेको थिएन । तर पछिल्लो समय निर्माण कार्यले तिब्रता पाएको छ अब छिट्टै नै निर्माण कार्य सकेर भवन बिध्यालयलाई हस्तान्तरण गर्ने क्रममा छौ’ ठेगेदार बिष्णुभाई श्रेष्ठले भने ।
      चार कोठे पक्की भवन निर्माणका जिम्मा लिएको ठेगेदार पक्षले अझै निर्माण कार्य नसक्दा पठनपाठनमा धेरै समस्या परेको छ । विद्यालय निर्माणमा केन्द्रिय कायान्वयन इकाई इन्जिनियर, जिल्ला कार्यान्वयन ईकाई प्रमुख तथा इन्जिनियर, ठेगेदार लगाएत सम्पूर्ण पक्षबाट लापर्वाहि भएको स्थानियहरुको आरोप छ ।
      नौ विद्यार्थी चार शिक्षक
      जाल्पा देवि आधारभूत विद्यालयमा अहिले अध्यन गर्ने विद्यार्थीको संख्या मात्र नौ जना रहेका छन् । भने विद्यालयमा चार जना शिक्षक र एक सहयोगि गरी ५ जना कर्मचारी कार्यरत छन् । भूकम्पपबाट विद्यालयको संरचना भत्किएपछि विद्यालयका निर्माणको लागि करिब तीन करोड बजेटको भवन निर्माणधिन क्रममा छ ।
      नौ जना विद्यार्थी भएको बन्द हुने अवस्थामा जिल्ला शिक्षा विकास तथा समन्वय समितीको लगानीमा करोडौँको विद्यालय बन्न लागेका छ । करोडौको पुर्वाधार खडा हुदाँ समेत विद्यार्थी नभएर बन्द हुने अवस्थामा विद्यालय पुग्न लागको छ । सिन्धुपाल्चोकमा धेरै सामुदायिक विद्यालयको अवस्था यस्तै अवस्थामा पुगेको छ ।
      यस्तो छ वडाध्यक्षको तयारी
      चौतारा साँगाचोकगढी नगरपालिका ४ का वडाध्यक्ष चुणमणि नेपालले आफ्नो वडाको शौक्षिक विकासको लागि नयाँ योजना अगाडि सारेका छन् । वडामा सञ्चालन भएका ६ विद्यालयलाई मर्ज गरेर २ वटा विद्यालयमा झार्ने तयारीमा रहेको उनले जनाए । ६ वटा विद्यालय मर्ज गरेर सेतिदेवि पञ्चकन्या र कालिका देवि माध्यामिक विद्यालय मात्रै कायम गर्ने योजना राखेका छन् ।
      आगामि शैक्षिक सत्रबाट सञ्चालन हुनेगरी उपयुक्त दुई विद्यालयलाई छनौट गरेर अरु विद्यालय बन्द गर्ने प्रक्रिया थालनी गरेको बताए । ‘बन्द हुने अवस्थामा पुगेको विद्यालयलाई मर्ज गरेर विद्यार्थीलाई आवश्यकता अनुसारको स्कुल बस सञ्चालन गर्ने योजना छ’, उनले भने, ‘विद्यालय धेरै भए । तर, शैक्षिक अवस्था सुध्रन सकेन । त्यसैले शैक्षिक वृद्धिको लागि यस्तो कदम चाल्न लागेको हो ।’
      आगामि शैक्षिक सत्रबाट सञ्चालन गर्ने योजना भएकाले तिव्र रुपमा तयारी गरेको उनको भनाई छ । मर्ज हुने विद्यालयमा रहका निजि स्रोतका कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफलको क्रममा रहेको उनले जनाए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस