२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सिस्टर सिटी बन्दै ईन्द्रावती

  • २०७५ पौष १४, शनिबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति,
    १५ पुस २०७५, सिन्धुपाल्चोक ।

    अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाबीच हुने भगिनी सम्बन्ध कायम गर्न जर्सी सिटी काउन्सिलद्वारा ऐतिहासिक संकल्प प्रस्ताव पारित भएको छ ।

    जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार डा। विष्णुमाया परियारको विशेष पहल र नेतृत्वमा यी दुई सहरबीच सिस्टर सिटी बनाउने पहल सुरु भएको हो । त्याहाँको न्युजर्सी सिटीले डिसेम्बर १९ तारिकमा उक्त संकल्प प्रस्ताव पास गरेको थियो ।

    अन्य मुलुकको शहरसँग सिस्टर सिटी बन्ने ईन्द्रावती सम्भवतः नेपालकै पहिलो गाउँपालिका हुने भएको छ । ’हामीले केही समय अघि देखि पहल गर्दै थियौं जसअनुसार नै त्यहाँको न्युजर्सी सिटीले १९ डिसेम्बरमा संकल्प प्रस्ताव पास गरेको हो‘, ईन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले भने, ’त्यसको लागि सम्झौता पत्रमा हस्ताक्षर गर्न जाँदै छौं ।‘

    तर सम्झौता पत्रमा हस्ताक्षर गर्न मिति तय नभएको उनले बताए । उनका अनुसार जर्सी सिटीका मेयरले सम्झौतापत्र हस्ताक्षर गरेपछि मिति तय हुनेछ । ईन्द्रावती गाउँपालिका र त्याहाँको नगरपािलकाले सम्झौता पत्रमा हस्ताक्षर भएपछि भगिनी सम्बन्धका आधारमा फाईदा लिने उनले बताए ।

    ‘हामीले के के फाईदा लिन सक्छौं भन्ने कुरा दुई पक्ष बीचको समझदारीले हुने कुरा हो‘, अध्यक्ष तामाङले भने । अहिले सुरुवात मात्रै भएकोले व्यापार व्यवसाय र यहाँ हुने विजनेसको लागी ठुलो लगानी भित्र्याउन सकिने उनले दावी गरे । ईन्द्रावती गाउँपालिकालाई अमेरिकी शहरका विषेशताहरुसंग तुलना गरेर सिस्टर सिटी बनाउने अवधारण अनुसार यहाँको संस्कृति र पर्यटनको प्रवद्र्धन तथा उद्योग कलकारखाना लगाएतमा विकास गराउन सकिने उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस