विदुर गिरी
आज डिसेम्बर ३ अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस । हरेक बर्षझै यस बर्षपनि मलाई गणना गर, समावेस गर भन्ने मुल नाराका साथ देसका बिभिन्न स्थानमा यो दिवस मनाइदै छ ।
बर्षभरि अपाङ्गता भएका व्यक्तिको सवालमा माखो नमारेतापनि आजको दिनमा भने सबैले अपाङ्ग मैत्रि भाषण गर्ने गर्दछन् । अपाङ्गता भएका व्यक्तिहरुको हकअधिकारको निमित्त बनेका कानून र निर्देशीकाहरु लाई समेत बर्षभरि धोति लगाउने उच्चपदस्त कर्मचारी ÷ पार्टीका नेताहरु समेत आजको दिन अपाङ्गगता भएमा व्यक्तिहरुको निकै प्यारा जस्तो देखिन खोज्दछन् । वास्तबमा सिन्धुपाल्चोकको सवालमा कुरागर्ने होभने ठोकुवाको साथ भन्न सकिन्छ यहाँका सरकारी कार्यालयका हाकिम देखि स्थानिय सरकारका प्रमुख वा प्रतिनीधिनै किन नहुन कोहिपनि अपाङ्गता भएका व्यक्तिको सवालमा गम्भीर छैनन् । यसको प्रमाणको रुपमा जिल्लामा ऐलेसम्मन निर्माण भएका र हुँदै गरेका सरकारी वा सार्वजनिक संरचनालाई लिन सकिन्छ । नेपाल सरकारले जारी गरेको अपाङ्गता भएका व्यक्तिका लागी पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ मा अपाङ्गता भएका व्यक्तिको अधिकारको लागि बिभिन्न कानून पारिद गरेपनि त्यो लागु हुन सकेको छैन । जुन निर्देशिकामा सरकारी संरचना मात्र नभएर सार्बजनिक सडक,सार्बजनिक धारा,मनोरञ्जन पार्क,खेल मैदान,सार्बजनिक शौचालय,बस पार्क,बस बिसौनि,रेष्टुरेन्ट लगाएतका सेवा प्रदायक निकाय अपाङ्गता भएका व्यत्तिले सजिलै सेवा लिनसक्नी खालको हनुपर्छ भनिएको छ । यतिमात्र हैन सञ्चार प्रणाली,सेवाप्रदायक कार्यालय वा निकायले बहिरा वा सुस्त श्रवण व्यत्तिसंग विचार आदान प्रदान गर्नुपरेमा दोभाषेको समेत व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । निर्देशिकाले भनिएता पनि सिन्धुपाल्चोको कुनैपनि सरकारी कार्यालयको प्रमुखको कार्यकक्ष सम्म जानसक्ने अबस्था छैन । आफ्नो हक अधिकार माग्न जिल्ला प्रशासन कार्यालयमा आएका अपाङ्गता भएका व्यक्तिहरु प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष सम्म जान नसकेर कार्यालयको ढोकाबाटै ज्ञापन पत्र बुझाएर फर्किएको धेरै उदाहरणहरु छन् । जिल्लामा १० हजारको हाराहारीमा अपाङ्गता भएका व्यक्तिहरु रहेतापनि तिनिहरुको हक अधिकार र सुबिधाको बारेमा बोलिदिने भने कोहि छैन । सवै स्थानिय निकायहरु अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ तर कुनै पनि निकायहरुका प्रतिनिधित्व गराएको पाइदैन । बिगतलाइ छाडौं यतिबेला स्थानिय सरकारले बनाउदै गरेको भवनहरु समेत अपाङ्ग मैत्रि देखिदैन । बर्षमा एक दिन स्तुती गाउनु भन्दा पनि अपाङ्गता भएका व्यक्तिको हक अधिकारको बारेमा सधै चनाखो रहे मात्रै उनिहरु प्रतिको सच्चा सम्मान दखिने छ । यसोत अपाङ्गगता भएका व्यक्ति पछि पर्नुमा अरुलाई मात्र दोस थोपार्नी ठाउँ पनि छैन । उनिहरुको अधिकारको लागी लड्ने संघहरुनै आ–आफ्नै स्वार्थमा लिप्त छन् । उनिहरु व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न सकेका छैनन् । चिरा चिरामा बिभाजित भएर उनिहरुनै कम्जोर भएका छन् । बर्षमा एकपटक मनाइने दिवस समेत एउटा ब्यानरमा रहेर मनाउन सक्दैनन् आफै एक ठाउँमा उभिन नसक्नी अनि आफ्नो बिकासको बाधक अरुलाई देख्ने संकारका कारण पनि उनिहरुको अधिकारका कुरा ओझेलमा परेको देखिन्छ । एनजिओले दुइचार पैसा सहयोग गर्यो भन्दैमा आफ्नो छाता संगठननै बिर्सीएर अर्कै संगठन खडा गर्नि , कतैबाट डोनेसन पाउने बित्तिकै सांगठनिक एकता बिर्सनी यहि परिपाटी हो अपाङ्गता भएका व्यक्तिको अधिकारको बाधक । अपाङ्गता भएका व्यक्तिहरु पनि एक ठाउँमा उभिन नसक्नी र सरोकारवाला निकाएले पनि उनिहरुको हक अधिकारको निम्ती बनेका निर्देशीकाको वास्ता नगर्नि होभने यस्ता दिवस जति मनाए पनि कुनै परिवर्तन हुने देखिदैन । त्यसैले अपाङ्गता भएका व्यक्तिहरु एक ठाउँमा उभिन सकेमात्र यो दिवसले सार्थकता पाउने छ ।
प्रतिक्रिया दिनुहोस