खबरज्योति,
१५ असोज २०७५, सिन्धुपाल्चोक ।
आफ्नो ठाउँमा स्वास्थ्य चौकी बनेपछि उपचार गर्न अन्यन्त्र जानु नपर्ने भन्दै मेलम्ची नगरपालिका– १० शिखरपुरका स्थानीय खुसी भएका छन् । यस अघि उनीहरुले मेलम्ची बजारमा रहेका स्वास्थ्य संस्था र छिमेकी जिल्लाका अस्पतालबाट स्वास्थ्य सेवा लिँदै आएका थिए ।
‘गाउँमै सुविधासम्पन्न स्वास्थ्य चौकी भएपछि यहाँका मानिसहरु उपचार नपाएर मर्नुपर्ने अवस्था टरेको छ’, स्थानीय भिमबहादुर अधिकारीले भने– ‘भूकम्प पछि यहाँको स्वास्थ्य चौकी नाजुक थियो, अहिले राम्रो भएको छ । हामी निक्कै खुसी छौं ।’
शनिबार शिखरपुरका स्वास्थ्यचौकी भवन तथा सामाग्री हस्तान्तरण तथा बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । जापनीज रेडक्रस सोसाइटीको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत निमार्ण भएको ५ कोठे स्वास्थ्यचौकी भवन तथा २ कोठे कर्मचारी आवास भवन को हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । र्निमाण सम्पन्न भवनको स्वास्थ्यचौकी शनिबार मेलम्ची नगरपालीकालाई हस्तान्तरण गरीएको हो ।
भवनहस्तान्तरण कार्यक्रमकका प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय अध्यक्ष सञ्जिब थापा ले रेडक्रस विपद् प्रभावित जनसमुदायका लागि काम गर्ने संस्था भएकाले भूकम्प पछि अतिप्रभावित १४ वटै जिल्लामा भूकम्प पुर्नलाभ कार्यक्रमको सुरुवात गरेको र सोहि अन्र्तरगत सिन्धुपाल्चेक जिल्लामा पनि १४ वटा स्वास्थ्यचौकीको पुर्ननिमाण गरिएको बताए । अध्यक्ष थापाले विपद्लाई रोक्न सक्ने क्षमता कसैमा नरहेकोले त्यस बाट हुनसक्ने क्षतिलाई कम गर्न सबै लागिपरि पूर्व तयारीका कार्यहरु सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रलाइ सम्बोधन गर्दै मेलम्ची नगरपालीकाका उपमेयर भगवती नेपालले स्वास्थ्य संस्थालाई लागतमा नभई लगानीमा बदल्नु पर्ने भन्दै स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा सुविधालाई अझ प्रभावकारी बनाउदै लैजानका लागि नगरपालिकाले आवश्यक कार्य गर्ने बताईन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका उप–महामन्त्री हरिप्रसाद न्यौपानेले भूकम्प पछि भएका गतिबिधिहरु मानवीय भावनाले गरिएका कार्य भएको भन्दै स्वास्थ्य चौकी पनि एउटा मानवीय भावनाको ज्वलन्त उदाहरण भएको बताए । ‘स्वास्थय चौकीको निमार्ण पछि यहाँबाट उपलब्ध हुने सेवाहरु प्रभावकारी हुनेमा हामी ढुक्क छौं’, उनले भने ।
कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका शभापति राजेन्द्रमान ताल्चाभडेल, मेलम्ची नगरपालिका स्वास्थ सेवा संयोजक देवेन्द्र घोरासैनी, जापनीज रेडक्रसको नेपाल प्रतिनिधि काजियो इगारासिले लागएतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य चौकी निमार्णका लागि सहयोग गर्ने निकाय नेपाल रेडक्रस सोसाइटी, जापनिज रेडक्रस, जग्गा दाता सावत्री आर्चाय, निःशुल्क जग्गा सम्याइदिने थइन्द्र रिजाल र पहिले महिला स्वास्थ्य स्वयमसेविका भई कार्य गरेका र हाल उमेरका कारण विश्राम लिएका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान गरिएको थियो ।
करीब ७४ लाखको लगानीमा भवन निर्माण सम्पन्न भएको जनाईएको छ । रेडक्रसले जिल्लाका १४ वटा स्वास्थ्य चौकीहरुको पुर्ननिमार्ण कार्य गरीरहेको छ जस मध्य ६ वटाको भने हस्तान्तरण गरी सकेको र बाकि स्वास्थ्यचौकी समेत हस्तान्तरणको अस्स्थमा रहेको रेडक्रस जिल्ला शाखाले जानकारी दिएको छ । कार्यक्रम शिखरपूर स्वास्थ्यचौकी व्यवस्थापन समितिको अध्यक्ष तथा मेलम्ची नगरपालीका– १० का अध्यक्ष भक्तबहादुर खडकाको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस