२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

नदीजन्य पदार्थ उत्खननमा रोक

  • २०७५ आश्विन ११, बिहिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति,
    ११ असोज २०७५, सिन्धुपाल्चोक ।

    इन्द्रावती गाउँपालिकाले अर्कों व्यवस्था नभएसम्म आफ्नो नदी क्षेत्र भित्र कुनै प्रकार को मेसिनरी औजार प्रयोग गरी नदी जन्य पदार्थ उत्खनन र निकासी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

    गाउँ कार्यपालिकाको निर्णयलाई कसैले बेवास्था गरी नियम उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कारबाहि गरिने इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले जानकारी दिए । असोज १ गते बसेको जिल्ला समन्वय समिति एवम् नदीजन्य पदार्थको अनुगमन समितिले ५ गतेबाट नदीजन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो । बैठकले प्रारम्भीक वातावरणिय परीक्षण (आईई) भईसकेका र ठेक्का प्रकृया पूरा भएका नगर र गाँउपालिकाको हकमा ठेकेदार मार्फत नदीजन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो ।

    प्रारम्भीक वातावरणीय परीक्षण नभएका र ठेक्का प्रकृया पूरा नभएकाको हकमा पालिकाले आफ्नो कर्मचारी राखि नदीजन्य पदार्थ निकाल्न दिने पनि निर्णय गरेको थियो । नदीजन्य पदार्थको अनुगमन समितिले असार, साउन, भदौ गरी तीन महिनासम्म नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको थियो ।

    अनुगमन समितीका संयोजक तथा जिल्ला समन्वय समितका प्रमुख कृष्ण गोपाल तामाङले भने पुनर्निर्माणमा रहेका नागरिकहरुका लागि सहजता होस् भनेर सबै पालिकाका प्रमुख लगाएत जिल्ला समिति बसेर नदी जन्य पदार्थ उत्खनन गर्न दिने निर्णय भएको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस