२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

माझी बस्तीमा कचहरी नाटक प्रदर्शन

  • २०७५ आश्विन ११, बिहिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति,
    ११ असोज २०७५, सिन्धुपाल्चोक ।

    इन्द्रावती गाउँपालिका– ११ र १२ स्थित भिमटारको माझी बस्तीमा कचहरी नाटक प्रदर्शन गरिएको छ ।

    खोला किनारमा बाल श्रमिकका रुपमा रहेका माझी तथा दनुवार समुदायका बालबालिकाको संरक्षण परियोजना अन्र्तगत चाइल्ड नेपालले सो ठाउँका ६ स्थानमा नाटक प्रदर्शन गरेको हो । इन्द्रावती गाउँपालिकाको समन्वय एवम् जर्मन राजदूतावासको आर्थिक सहयोगमा गरिएको सो नाटक भिमटारको विद्यालय र समुदायमा प्रदर्शित गरिएको थियो ।

    ‘भिमटारका ११ र १२ का माझी तथा दनुवार समुदायका बालबालिकाहरु विद्यालय नगई खोला किनारमा ढुङ्गा, गिटी, बालुवा झिक्न जाने स्थिति रहेको हुँदा यसै सम्बन्धित विषयमा हामीले नाटक देखाएका हौं,’ चाईल्ड नेपालका कार्यक्रम संयोजक तोयानाथ तिवारीले भने– ‘यो ठाउँलाई शिक्षाको महत्व बुझाउन तथा बालश्रममुक्त समुदाय बनाउने उद्देश्यका साथ हामी यो अभियानमा छौं ।’

    नाटक आफ्नो समुदायको स्थितिसँग मेल खाने भएको हुँदा आफ्नो मन छोएको इन्द्रावती गाउँपालिका– १२ का वडा अध्यक्ष कमलरत्न दनुवारले बताए । ‘अबदेखि बालबालिकालाई श्रममा नलगाउने, बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई सरकारी सुविधा नदिनेजस्ता सुधारका कामहरु स्थानीय तहले गर्नेछ’, उनले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस