२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

थाक्लेमा एकीकृत बस्ती बन्ने

  • २०७५ आश्विन ११, बिहिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति,
    ११ असोज २०७५, सिन्धुपाल्चोक ।

    मेलम्ची नगरपालिका– १२ स्थित थाक्लेमा एकीकृत बस्ती निर्माण हुने भएको छ । बस्ती निर्माण गर्न स्थानीयहरु आफैं जुटेका   छन् ।

    महिला आत्मनिर्भरता केन्द्र र अक्सफामको साझेदारी तथा मेलम्ची नगरपालिकाको समन्वयमा ३१ घरको एकीकृत बस्ती निर्माण हुन लागेको हो । यसैको पूर्व तयारीका क्रममा घर निर्माणका लागि प्रयोग गर्न लागिएको बैकल्पिक सिएसईवि इट्टा उत्पादनमा सीप विकास गर्ने उद्देश्य अनुरुप त्यहाँका २० जनालाइ ७ दिने इट्टा तालिम प्रदान गरिएको छ ।

    परियोजना मार्फत थाक्लेमा एकीकृत बस्ती निर्माणसगैं खानेपानी, सरसफाइ तथा स्वच्छता, जीविकोपार्जन तथा लैङ्गिक सचेतनाका कार्यक्रमहरु एकिकृत रुपमा सञ्चालन गरिएको महिला आत्मनिर्भरता केन्द्रका कार्यक्रम व्यबस्थापक कृष्ण बहादुर गुरुङले जानकारी दिए ।

    सिएसईवि इटाको प्रयोगबाट निर्माण गरिने घरहरु आफैंमा प्रतिरोधी रहेकाले इन्टरलकका कारण घर छिटो नभत्कने र उत्पादनका क्रममा प्रयोग गरिने सामाग्रीको मात्रामा विशेष ध्यान दिन मेलम्ची नगरपालिकाका इन्जीनियर जितबहादुर कार्कीले आग्रह गरे ।
    थाक्ले एकीकृत बस्ती विकास समितिका अध्यक्ष खिलबहादुर तामाङले २ बर्ष अगाडिको सपना र समुदायको अग्रसरता एवम् मेहनतका कारण बस्ती बसाउने योजना सफल हुन लागेको बताए । परियोजनाले पहिलो चरणमा थाक्लेमा घर निर्माण गर्ने र ईन्द्रावती गाउपाँलिका– ५ बाडेगाँउका माझी बस्तीमा पनि त्यहाँका विस्तापित परिवारलाई बस्ती निर्माण गरिने जनाएको छ । सो स्थानमा एकीकृत बस्ती बनाउनका लागि समन्वय भइरहेको संस्थाका कार्यक्रम संयोजक उमेश नकर्मीले जानकारी दिए ।

    परियोजनाले बस्तीसँगै जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देयका साथ विभिन्न समूहमार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ । इन्टरलक ब्लक बनाउने मेसिन बस्ती निर्माण सम्पन्न पश्चात समुदायलाइ नै हस्तान्तरण गरिने र त्यहाँका मानिसले गाउँमानै रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको संस्थाका अनुगमन तथा मूल्याङ्कन अधिकृत राजेन्द्र चौलागाईले बताए ।

    एकीकृत बस्ती निर्माणका क्रममा विविध चुनौतिहरु आइपर्ने र बस्तीमा बस्ने सबैको एकै खाले तन, मन र बचन हुनुपर्ने बताउँदै गिरानचौर एकीकृत नमूना वस्तीले मेलम्ची नगरपालिका– १२ लाई देशैभर चिनाउन सफल भएको वडा अध्यक्ष रामबहादुर लामाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस