२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

स्कूल–स्कूलमा प्रहरी

  • २०७५ भाद्र २५, सोमबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति,
    २५ भदौ २०७५, सिन्धुपाल्चोक ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले स्कूल–स्कूलमा प्रहरी अभियान सुरु गरेको छ ।

    सोमबार जिल्ला सदरमुकाम चौतारामा स्थानीय जनप्रतिनीधि, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाहरुको उपस्थितीमा स्कूल- स्कूलमा प्रहरी अभियान सुरुवात गरिएको हो । अभियान सुरु भएसँगै अब सिन्धुपाल्चोकका ३५ हजार स्कुले बालबालिकासम्म प्रहरी पुग्ने भएको छ ।

    अभियानको शुभारम्भ गर्दै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले सचेतनाका स्वर बोकेर सिन्धुपाल्चोकका हरेक विद्यालयमा प्रहरी पुग्ने बताए । ‘असल शिक्षाबाट नै असल समाजको निर्माण हुने हो’, स्कूल-स्कूलमा प्रहरी अभियान सुरुवात गर्दै प्रहरी उपरीक्षक मरासिनीले भने– ‘हामी यौन हिंशा, लागुऔषध र सवारी दुर्घाटना न्यूनिकरणका लागि सचेतना जगाउँदै जिल्लाभरका स्कूलमा पुग्नेछौं ।’ कानुन विपरितका कार्य मात्र अपराध नभई कानुनले दिएका काम नगर्नु पनि अपराध हुने भन्दै स्कुले बालबालिका मार्फत समाजमा सचेतना जगाउन लागिएको उनले सुनाए । ‘स्कुल गएकी छोरी सुरक्षित रुपमा घर फर्कन नपाउने अवस्था छ, बोक्सी आरोपमा धेरै आमा, दिदीहरुले दुर्व्यवहार सहिरहेका छन्’, मरासिनीले भने– ‘सामाजिक विसंगती र कुरितिबाट मुक्त समाज निर्माणका लागि स्कूल-स्कूलमा प्रहरी अभियान सुरु गरेका हौं ।’

    अभियानको उद्घाटन समारोहमा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुपाल्चोकका प्रमुख गौरीशंकर पाण्डेले अपराध न्यूनिकरण र सभ्य समाज निर्माणका लागि जिल्ला प्रहरी कार्यालयले रचनात्मक काम थालनी गरेको बताए । ‘दुर्व्यवहार सहेर बस्नु हुँदैन, भोगेका र देखेका घटना प्रहरीलाई निर्धक्क भन्नुस’, अभियान उद्घाटन समारोहमा उपस्थित विद्यार्थीहरुबीच ईकाई प्रमुख पाण्डेले भने ।

    चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले अपराधमुक्त सिन्धुपाल्चोक निर्माणका लागि प्रहरीसँगै हातेमालो गर्दै स्थानीय जनता नै लाग्नुपर्ने बताए । ‘अब एक घर एक प्रहरी हुनुपर्छ’, मेयर तामाङले भने,–‘विद्यार्थी भाइबैनीहरु अब बर्दीविनाकै प्रहरी बनेर अपराध न्यूनिकरणमा जुट्नुपर्दछ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस