२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

उद्यमीलाई सहयोग

  • २०७५ भाद्र १८, सोमबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति,
    १८ भदौ २०७५, सिन्धुपाल्चोक ।

    सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी) अन्तर्गत समुदायको अगुवाईमा जवाफदेहिताको असल अभ्यास परियोजनाले गाउँमा रोजगारीको सृजना गरेको छ ।

    उद्यम गर्न चाहनेहरुलाई नगद सहयोग गर्दै उक्त संस्थाले गाउँमै रोजगारीको सृजना गरेको हो । सिएसआरसी र एक्सनएड नेपालको साझेदारीमा मेलम्ची नगरपालिका– ६ र हेलम्बु गाउँपालिकालाई कार्यथलो बनाउँदै आफ्नो गतिबिधि सञ्चालन गरिरहेको सिएसआरसीले विशेष गरी आयआर्जन, जीविकोपार्जन, स्थानीय तहको प्रशासन सुधारमा सहयोग र जनचेतनाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

    जवाफदेहिताको असल अभ्यास कार्यक्रमले हेलम्बु गाउँपालिका– ७ मा क्रियाशील महांकालेश्वरी महिला समूहका २१ सदस्यलाई जिविकोपार्जनका लागि नगद सहयोग गरेको छ । बाख्रापालन गर्न चाहने पाँच सदस्यलाई जनही १६ हजार, तरकारी खेती गर्न चाहने ७ जनालाई जनही १० हजार, कफी खेती गर्न चाहने ५ जनालाई जनही १० हजार उक्त परियोजनाले सहयोग गरिएको सिएसआरसीले जनाएको छ ।

    परियाजनाले आर्थिक सहयोग गरेपछि जिविकोपार्जनका लागि मद्धत पुगेको बताउँछिन् समूहकी अध्यक्ष सीता कार्की । यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनी बताउँछिन् । ‘व्यावसाय गर्न त पहिले देखि नै मन थियो तर आफुसँग लगानी गर्ने पर्याप्त पैसा थिएन, यो परियोजनाले ३ लाख ५० हजार सहयोग गर्ने भएपछि सहकारीका तीन जना मिलेर बंगुर पालन ब्यासाय सञ्चालन गरेको बताउँछन् याङरीमा कृषि सहकारी हल्देका अध्यक्ष ज्याममाङ तामाङ ।

    यतिमात्र नभएर प्रशासन सुधारमा सहयोग पुर्याउने र कार्यालयमा हुने कामहरुलाई बिद्युतीय रेकर्ड राख्ने उद्देश्यले हेलम्बु गाउँपालिका भित्रका सबै वडा कार्यालयमा सफ्टवयर जडान गरिएको बताउँछन् समूदायको अगुवाइमा जवाफदेहिताको असल अभ्यास परियोजनाका कार्यक्रम अधिकृत यम ज्योती । सहयोगको सहि सदुपयोग गर्ने उद्यमीहरुलाई पुःन सहयोग गर्ने उनी बताउँछन् ।

    सिएसआरसीले जीविकोपार्जनको क्षेत्रमा मात्र नभएर नागरिक सचेतनाको क्षेत्रमा समेत सघाएको नागरिक अभियान्ता माधव भण्डारीको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस