२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

गोरुले दियो दुध !

Thumbnail
  • २०७५ भाद्र १८, सोमबार मा प्रकाशित ६ साल अघि
  • ‘ल्याव परीक्षणको लागि पठाउँछौं’ पशु शाखा प्रमूख

    खबरज्योति,
    १८ भदौ २०७५, सिन्धुपाल्चोक ।

    पश्चिमबाट घाम उधाउनु र गोरुले दुध दिनुलाई आश्चार्य मान्ने गरिन्छ । तर अब यी कुराहरु आश्चार्य नभएर यथार्थमा परिणत हुन थालेको छ ।

    सुन्दा पत्याउन गाह्रो पर्छ हेलम्बु– ६ स्थित गोले तामाङको गोरुले बिगत तीन महिनादेखि दुध दिरहेको छ । गोरुको थुन अलि ठूलो हुँदै गएको र टुप्पोबाट सेतो पदार्थ चुहिन लागेको देखेपछि गोले तामाङ गोरुलाई के भएछ भनि थुन सुम्सुम्याउन थाले । तामाङले सुम्सुम्याउँदा गाईको जस्तैगरी दुध झरेपछि उनी चकित परे । गाई भैंसीले दिने दुध र गोरुले दिएको त्यो दुधमा के फरक छ गोरु धनी तामाङले छुट्याउन सकेनन् । उनले दुधलाई जमाएर मोही पारिहेर्दा त्यसबाट नौनी निस्किएपछि गाई भैंसीको झैं प्रयोगमा ल्याउन थाले ।

    गोरुको दूध अन्य गाईको भन्दा फरक छैन् । रातो र कालो रङ्ग मिसिएको यो गोरु एक वर्षअघि तामाङ परिवारले किनेर ल्याएको हो । गोरुले चमत्कार नै गरेको तामाङ परिवारको भनाई रहेको छ । गोरुले दुध दिन्छ भनेर पहिले देखिनै हल्ला भएपनि कसैले पत्याएनन् र हेर्न पनि गएनन् । लामो समयसम्म यस्तो हल्ला नरोकिए पछि गाउँका मान्छेहरु हेर्न जान थाले । त्यसपछि मात्र कुरो बाहिर आयो ।

    गोरुले दुध दिनु आश्चार्यको कुरा भएकाले त्यस गोरुलाई संरक्षण गर्ने कुरामा गोरु धनीसँग सल्लाह भईरहेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन् । पर्यटन विकासको लागि त्यसले ठूलो मद्दत गर्ने उनको दावी छ ।

    हेलम्बु– ६ का वडा अध्यक्ष भन्छन्– ‘धेरै पहिले देखिनै सुनेको भएता पनि पत्याउन नसकेकाले हेर्न पनि जान मन लागेन । धेरै मान्छेले साँचो हो भनेपछि म पनि हेर्न गएँ । तर साँच्चै पो गोरुले दुध दिँदोरहेछ ।’

    स्वास्थ्यकर्मीहरु भने हर्मोन गडबढका कारण गोरुको दूध आएको हुनसक्ने बताँउदै आएका छन् । दुधलाई ल्याव परीक्षणको लागि काम अगाडि बढाइएको हेलम्बु गाउँपालिका पशु शाखा प्रमूख टोपबहादुर बरुवाल बताउँछन् । बरुवालले भने ‘हर्मोनको कारण यस्तो हुनसक्ने भए पनि ठ्याक्कै यही नै हो भन्ने स्थिति छैन ।’ गोरुले दूध दिनु विज्ञानसम्मत नभएको भन्दै यस्तो घटना हालसम्म आफूलाई थाहा नभएको र गोरुले दूध दिनु अनुसन्धानको विषय बनेको उनले जनाए । यसको बारेमा विस्तृत रुपमा अध्ययन र अनुसन्धान गरेपछि मात्र यही हो भन्न सकिने उनको भनाई छ ।

    यतिबेला गोले तामाङको घरमा गोरु हेर्नेको भीडनै लाग्ने गरेको छ । गोरु हेर्न आउनेहरुले दुध प्रसाद भन्दै खाने गरेका स्थानीयहरु बताउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस