२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

तलबभत्ता सुत्केरी र गरिब बालबालिकालाई

  • २०७५ भाद्र १८, सोमबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति,
    १८ भदौ २०७५, सिन्धुपाल्चोक ।

    भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले आफूलाई प्राप्त हुने तलब र भत्ता सुत्केरी महिला र गरिब बालबालिकालाई प्रदान गर्दै आएका छन् ।

    तातोपानी हेल्थपोष्ट बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने सुत्केरीलाई पाँच हजार दिने गरिएको छ । उनले आफ्नो वडावासीलाई मात्रै नभइ गाउँपालिका भित्रका पाँचै वडाबाट सुत्केरी गराउन आउने महिलालाई सहयोग रकम दिने गरेका छन् । एक वर्षमा बर्थिङ सेन्टर आउने ४० महिलालाई जनही पाँच हजार दिएको अध्यक्ष श्रेष्ठले बताए । जेहेन्दार तथा गरिब बालबालिकालाई पनि पाँच हजारको दरले सहयोग गरेको उनले सुनाए ।

    वडाध्यक्ष श्रेष्ठले पाँच वर्षसम्म जनप्रतिनिधि भएबापत प्राप्त हुने तलब र भत्ता व्यक्तिगत रुपमा प्रयोग नगर्ने घोषणा गरेका छन् । ‘पाँच वर्षसम्म प्राप्त हुने सबै रकम सुत्केरी महिला र गरिब बालबालिकाको पढाइलाई सहयोग गर्ने मेरो चाहना हो,’ श्रेष्ठले भने । उनले वडाबाट कुनै सुविधा नलिने बताएका छन् । उनले निजी गाडी प्रयोग गरिरहेका छन् । स्वर्गीय बुबा जितकुमार श्रेष्ठको स्मृतिमा खोलिएको जित एण्ड सन्स इन्टरप्राइजेजको नामबाट रकम वितरण गर्ने गरिएको छ । उनको तलब र भत्ताबाट नपुग रकम सोही कम्पनीबाट दिने गरिएको छ । मेरो तलबभत्ताले सुत्केरी र गरिब बालबालिकालाई पढाउन नपुग्दा कम्पनीको रकम प्रयोग गरेर सहयोग गरिरहेको उनले बताए ।

    तातोपानीको ग्रामीण महिलाले बर्थिङ सेन्टर नआएर अकालमै ज्यान गुमाउने गरेकोले सुत्केरी गराउन सहज बनाउने उद्देश्यले यस्तो कदम चालेको श्रेष्ठले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस