२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

प्रेसरकुकर बम फेला, त्रासमा स्थानीय

  • २०७५ श्रावण २९, मंगलबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति,
    २९ साउन २०७५, सिन्धुपाल्चोक ।

    मलम्ची नगरपालिका– १३ को फड्केश्वरमा प्रेसरकुकर बम फेला परेपछि स्थानीयमा त्रास छाएको छ ।

    सो कुकर बममा आजको नेपालबन्द सफल पारौं भनेर लेखिएको भेटिएपछि सो बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखेको हुन सक्ने अनुमान प्रहरीको छ । बिहान ५ बजे तिर सङ्कास्पद वस्तु भेटिएको जानकारी प्रहरीले पाएपछि सो ठाउँलाई प्रहरीले नियन्त्रणमा लिएर सवारी आवगमन बन्द गराएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिए ।

    बिहान ५ बजेनै जानकारी पाए पनि बम डिस्पोज हुन नसक्दा यात्रुहरु अलपत्र परेका थिए । डिस्पोजल टोली पाँचखालबाट हिडिँसकेकाले छिटै आइपुग्ने प्रहरीले जनाएको छ ।

    नेपाल बन्दको नाममा जिल्लाको अन्यत्र स्थानमा पनि हुलदङ्गा र आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयले सुरक्षा व्यवस्थामा कढाई गरेको जनाएको छ ।
    ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउको विरोधमा आज नेपालबन्दको आयोजना गरेको छ । पछिल्लो पटक स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नै पक्राउ परेपछि विप्लव सरकारप्रति आक्रोशित बनेका हुन् । पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि महासचिव विप्लवले नेपाल बन्दको घोषणा गरी विज्ञप्ति जारी गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस