२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

हेलम्बु चियाको पकेट क्षेत्र बन्दै

  • २०७५ श्रावण २६, शनिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति,
    २६ साउन २०७५, सिन्धुपाल्चोक ।

    हेलम्बुलाई चिया पकेट क्षेत्र बनाइने भएको छ । जस अन्तर्गत गाउँपालिकाले ३१ हजार बिरुवा बितरण गरेको छ ।

    हेलम्बु गाउँपालिकाको सात वडा मध्ये चार नम्बर वडाबाहेक सबै वडाहरुमा चिया उत्पादन गर्न सकिने प्राविधिक सर्वेक्षणले देखाए पछि गाउँपालिकाले ब्यावसायिक चिया खेतितर्फ चासो दिएको हो । कृषकहरुलाई आयआजर्नमा जोड्दै पालिकाको उत्पादकत्तो बढाउने उद्देश्यले पहिलो चरणमा वडा नम्बर १, २, ६ र ७ का तीन कृषि समूह र १३ कृषकहरुलाई निःशुल्क चियाको बिरुवा वितरण गरिएको गाउँपालिकाका कृषिशाखा प्रमुख रमा कार्कीले खबरज्योतिलाई बताईन् ।

    चियाको विरुवा हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा ।

    बिरुवा रोपेको चार वर्ष पछि पत्ता टिप्न योग्य हुने र वर्षमा एक पटक मात्र टिप्न मिल्ने छ । अर्थोडक्स अन्तर्गत तक्दा ७८ प्रजातिको यो चियाको एउटा बोटबाट एक वर्षमा एक देखि डेढ केजी हरीयो पत्ता टिप्न सकिन्छ । पाँच केजी हरीयो पत्तालाई प्रशोधन गरेपछि एक केजी तयारी चिया बन्दछ र एक केजी तयारी चियाको हाल बजार मूल्य २ हजारदेखि २ हजार ५ सयसम्म पर्छ । अन्तराष्ट्रिय बजारमा समेत यो चियाको माग हुने गरेको छ ।

    १८ देखि २० डिग्री चिसो ठाउमा यो चिया उत्पादन हुने भएकाले हेलम्बु गाउँपालिका यो प्रजातिको चिया उत्पादनको लागि प्राविधिक दृष्टिले पनि उपयुक्त देखिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस