२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

‘इन्काउन्टर’ मा दुई अपहरणकारी मारिए

  • २०७५ श्रावण २१, सोमबार मा प्रकाशित ६ साल अघि
    • बालक मृत फेला

    खबरज्योति,
    २१ साउन २०७५, काठमाण्डौ ।

    काँडाघारीबाट अपहरण परेका ११ वर्षिय बालक निशान खड्का मृत फेला परेका छन् ।

    उनको शव भक्तपुर ठीमीमा भेटिएको प्रहरीले जनाएको छ। बालकलाई खोज्ने क्रममा अपहरणकारी र प्रहरीबिच मुठभेडमा परी दुई अपहरणकारी पनि मारिएका छन् । अपहरणकारी अजय तामाङ र गोपाल तामाङको प्रहरीको गोली लागि मृत्यु भएको बताइएको छ ।

    अपहरणकारी भाग्न खोज्दा प्रहरीले फाइरिङ खोलेको थियो । उनीहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि गोली चलाएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी मनोज न्यौपानेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।

    सिन्धुपाल्चोकको ज्यामिरे घर भई काँडाघारीमा चिया पसल गर्दै आएकी चमेली खड्काको छोरा निशान खडका आइतबार साँझ घरबाटै अपहरणमा परेका थिए । अपहरणकारीले ४० लाख फिरौती मागेका थिए । अपहरणमा परेका बालकको बुवा विदेशमा छन् ।

    खोजीमा डेढ सय प्रहरी :

    अपहरणमा परेका बालक निशान खड्काको खोजीमा डेढ सय प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको थियो । आइतबार साँझ ८ बजेदेखि प्रहरीले निरन्तर ‘सर्च अप्रेसन’ चलाएको थियो । अपहरणकारीले फोन गरेर बच्चा अपहरणमा परेका भन्दै फिरौती माग गरे पछि प्रहरी सक्रिय भएको थियो

    अपहरणमा परेका बालकको बुवा विदेशमा छन्। अपहरणमा परेका बालकको परिवारको आर्थिक अवस्था कमजोर छ। चिनजानकै व्यक्तिले अपहरण गरेको हुनसक्ने प्रहरी आशंका छ।

    घटनाको अनुसन्धानमा परिसरका प्रमुख एसएसपी पोखरेल र भक्तपुर प्रहरी परिसरका एसपी हिमालय श्रेष्ठ लगायत घटनास्थलमा खटिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस