खबरज्योति
११ असार २०७५, सिन्धुपाल्चोक ।
प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौतारा साँगाचोकगढी नगरपालिका– ५ को प्रकाश घलेको परिवारलाई मृत्युदावी भुक्तानी गरेको छ ।
सोमबार एक कार्यक्रको आयोजना गरी प्राईम लाईफ इन्स्योरेन्स कम्पनी बनेपा शाखाका प्रमुख मोहन विक्रम केसीले मृतक घलेको पत्नी कल्पना माझी घलेलाई मृत्यु लाभ सहित जीवन विमाको रकम प्रदान गरिएको हो । उनलाई रकम दावी भुक्तानी वापत रु ६ लाख ५० हजार रुपैंया प्रदान गरिएको कम्पनीका चौतारा उपशाखा प्रमुख निर्मल बस्नेतले जानकारी दिए ।
घलेले वैदेशिक रोजगारमा मलेसिया जानुपूर्व ३ वर्ष ६ महिनाको प्राईम वैदेशिक रोजगार विमा गरेका थिए । यसको लागि घलेले २ हजार ७ सय ४० रुपैंया विमा शुल्क तिरेको कम्पनीले जनाएको छ । उनको वैदेशिक रोजगारीको सिलसिलामा २०७४ चैत्र २५ गते मलेसियामा मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस