खबरज्योति,
३१ जेष्ठ २०७५, सिन्धुपाल्चोक ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने भन्दै दलाली गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका– ९ का राज तामाङ सहित प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । काठमाडौंको नागार्जुन नगरपालिका– २ ठूलो भर्याङको यातायात कार्यालय नजिक विचौलियाहरुले लाइसेन्स बनाइदिने भन्दै दलाली गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरुलाई महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट खटिएको प्रहरीले प्रक्राउ गरेको हो । उनीहरुको साथबाट नगदी रसिद १३ थान, नेपाली नागरिकताको फोटोकपी २ थान बरामद भएको छ । पक्राउ परेका सबैलाई ६ दिनको म्यादथप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ
प्रतिक्रिया दिनुहोस