२०८१ माघ १५, मंगलबार | Tue, 28, Jan, 2025

लेटरप्याड दुरुपयोग गर्ने खिम्ती विद्युत सहकारीका उपाध्यक्ष केसी निलम्बित

  • २०८१ कार्तिक २४, शनिबार मा प्रकाशित २ महिना अघि
  • चौतारा । दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेमा अवस्थित खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाका उपाध्यक्ष भुवन केसीले संस्थाको लेटरप्याड दुरुपयोग गरि संस्थालाई नै बद्नामीत गराएका छन् ।
    नेपाली कांग्रेस दोलखाको संगठन विभाग प्रमुख समेत रहेका उपाध्यक्ष केसीले संस्थाको लेटरप्याड दुरुपयोग गरि इमेल आइडी समेत नक्कली बनाइ प्रभाव राष्ट्रिय दैनिकमा बोलपत्र आह्वानको सूचना प्रकाशन गर्न दिएको पाइएको छ ।
    गत कात्तिक ६ गते प्रकाशित प्रभाव दैनिक पत्रिकामा ३० दिने सूचनामार्फत झाँक्रे–२ मिनी हाइड्रो निर्माण गर्न इच्छुक कम्पनी/फर्मलाई नियमानुसार संस्थाको कार्यालयमा आएर बोलपत्र खरिद गर्न आह्वान गरिएको थियो ।
    सूचनामा विड डकुमेन्टको २० हजार रुपैँया र सेक्युरिटी रकम ८ लाख ११ हजार ९ सय ५७ राखिएको थियो । उक्त सूचनाबारे आफुहरुलाइ थाहा नभएको सहकारीका पदाधिकारी र सदस्यहरु बताउँछन् ।
    संस्थाको अध्यक्ष लगायत जिम्मेवार व्यक्तिलाइ नै थाहा नदिइ ठेक्का सूचना प्रकाशन भएपछि संस्थामा खैलाबैला मच्चिन थालेपछि उपाध्यक्ष केसी पानीमाथिको ओभानो बन्न पत्रिकामा कसले सूचना छपायो? भन्दै साइबर ब्यूरो टेकुमा उजुरी दिन पुगेका थिए ।
    अनुसन्धान गर्दै जाँदा उपाध्यक्ष केसीले नै बदनियत पूर्वक उक्त सूचना पत्रिकालाई दिएको पाइएपछि कार्वाही प्रक्रिया अगाडि बढाइएको संस्थाका अध्यक्ष शेरबहादुर खड्काले जानकारी दिए । उपाध्यक्ष केसीले प्रहरी समक्ष गल्ती स्वीकार गरेकाले संस्थाको निर्णय अनुसार पदबाट निलम्बन गरिएको बताए ।
    उक्त सहकारी संस्थामा करिब ११ हजार ग्राहक सदस्य छन् भने ७ हजार सेयर सदस्य छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ५० प्रतिशत, खिम्ती ग्रामीण विद्युत् सहकारी संस्था, रामेछापको गोकुलगंगा गाउँपालिका र दोलखाको तामाकोशी गाउँपालिकाले ५० प्रतिशत लागत बेहोर्ने गरी निर्माण गर्न लागिएको २६ करोडको परियोजना उपाध्यक्ष केसीले १२ करोडको बोलपत्र आह्वानको सूचना निकालेका थिए ।
    उपाध्यक्ष केशीले भने आफू कांग्रेस पार्टीको कार्यकर्ता भएकाले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको जिकिर गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस