खबरज्योती,
२१ वैसाख २०७५, सिन्धुपाल्चोक ।
कोहि समाचार तयार पार्दै छन्, कोहि सम्पादकीय लेख्दै छन् त कोहि बनाएका सामाग्रीलाई आर्टबोर्डमा सजाउँदैछन् । आधारभूत पत्रकारिता एवम् भित्तेपत्रिका लेखन तालिममा सहभागि सबै उत्साहका साथ कार्यशालामा देखिन्थे ।
जागरण मिडिया हाउसले हेलम्बु गाउँपालिकाको रातोपूलमा आयोजना गरेको तालिममा सहभागि निक्कै जोसका साथ प्रस्तुत थिए । ‘हामीले समाचार कसरी चिन्ने भन्ने थाहा पाईसकेका छौं’, तालिममा सहभागि हेलम्बु– २ किउलकी सविना भण्डारीले भनिन्– ‘हामीलाई निक्कै हौसला प्राप्त भएको छ, अब पत्रकारिता गर्न सक्छौं भन्ने लागेको छ ।’ उनीसँगै सहभागि भएका हेलम्बु– ३ पाल्चोककी अनिषा गिरीले तालिमले आपूmलाई पत्रकारिता क्षेत्रमा केहि गर्न सक्छु भन्ने आँट आएको बताईन् । ‘पत्रकारिता कसरी गरिन्छ, समचार कसरी लेखिन्छ भन्ने कुरा पनि हामीलाई थाहा थिएन’, उनले भनिन्– ‘तालिम लिएपछि हामीले पत्रकारिताको बारेमा निक्कै कुरा थाहा पाएका छौं ।’
सहभागिहरुले उत्साहका साथ तालिमलाई ग्रहण गर्दा प्रशिक्षक समेत हौसिएका देखिन्थे । ‘हामीले उहाँहरु यसरी उत्साहित भएर तालिममा सहभागि हुनुहोला भन्ने सोचेका थिएनौं’, प्रशिक्षक सुन्दर शिरीषले भने– ‘निक्कै जिज्ञासु भएर तालिममा सहभागि हुनुभएको छ, उहाँहरुमा पत्रकारिता क्षेत्रमा केहि गर्न सक्छौं आँट बढेको छ ।’ तालिमका अर्का प्रशिक्षक सुरेश बुढाथोकीले अवसर पाउन सके तालिममा सहभागि भएकाहरु राम्रो पत्रकार बन्न सक्ने देखिएको बताए ।
आफूहरुले सोचेअनुरुप सहभागिहरुले तालिममा प्रस्तुत भएको जागरण मिडिया हाउको अध्यक्ष विदुर गिरीले बताए । ‘यो भन्दा अघि हेलम्बु गाउँपालिकामा पत्रकारिता तालिम भएको थिएन, तालिमले राम्रो पत्रकार उत्पादन गर्नेमा हामीले आशा राखेका थियौ’, उनले भने– ‘आशालाई सहभागिहरुले देखाएको क्रियाशिलताले झनै मजबुद बनाएको छ ।
जागरण मिडिया हाउसको आयोजना र हेलम्बु गाउँपालिकाको सहयोगमा सञ्चालन भएको तालिममा हेलम्बु गाउँपालिका भित्रका मावि विद्यालयका छात्रछात्रा सहभासग थिए । तालिमको उद्घाटन हेलम्बु गाउँपालिकाको उपाध्यक्ष कोपिला पण्डित र नेपाल पत्रकार महासंघ सिन्धुशाखाका अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त गरेका थिए ।
तालिमको समापनमा बोल्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बु क्षेत्र सञ्चार क्षेत्रमा पछाडि रहेका कारण तालिम सञ्चालन गर्न सहयोग गरेको बताउँदै अब सञ्चारमा अगाडि आउने विश्वास व्यक्त गरे । ‘हामीसँग विकासका स्रोतहरु छन्, तर त्यो स्रोतको बारेमा कुनै सञ्चारमाध्यममा प्रकाशन प्रशारण हुँदैनन्’, उनले भने– ‘हामीले आशा गरेका छौं अब हेलम्बुले सञ्चारमाध्यममा स्थान पाउने छ ।’ त्यसको लागि तालिममा सहभागि भएकाहरुले निरन्तर अभ्यास गर्न जरुरी रहेको उनले बताए । ‘यो त आधारभूत तालिम मात्र हो, तपाईहरुले क्रियाशिलता देखाउनुभयो भने यो भन्दा ठूला तालिमहरुको आयोजना गछौं’, उनले भने– ‘एक वडा एक पत्रकार निर्माण गर्ने लक्ष्य पालिकाले लिएको छ ।’
तालिममा सहभागि भएकाहरुलाई अध्यक्ष शेर्पाले प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै समाचार लेखनमा प्रथम, द्वितिय र तृतिय भएका क्रमसः सविना भण्डारी, सरिता थापा र गंगा जोतीलाई अध्यक्ष शेर्पाले पुरस्कार प्रदान गरेका थिए । तालिममा भित्तेपत्रिका लेखनतर्फ उत्कृष्ठ भएकाहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस