२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

बम्जनलाई ३ लाख धरौटीमा छाड्न जिल्ला अदालतकाे आदेश

  • २०८१ श्रावण १४, सोमबार मा प्रकाशित ३ महिना अघि
  • चाैतारा । तपस्बी रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता पारेको मुद्दामा धरौटी मागिएको छ । सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई धरौटी मागेको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

    न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले बम्जनसँग ३ लाख धरौटी माग गरेको हो । बम्जनमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको बाढेगाउँ आश्रमबाट एक महिलालाई बेपत्ता र एक पुरुषलाई बेचबिखन गरेको आरोपमा मुद्दा दायर भएको थियो ।

    सिन्धुपाल्चोक अदालतले धरौटीमा छाड्न आदेश दिएपनि उनी छुट्न सक्ने अवस्था छैन । यसअघि असार १७ गते बाल यौन दुराचार मुद्दामा उनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने सर्लाही अदालतले फैसला सुनाइसकेको छ ।

    ०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बम्जनविरुद्ध बाल यौन दुराचार मुद्दा दर्ता गरेको थियो । सर्लाही जिल्ला अदालतले ०७७ असार २१ म पक्राउ पूर्जी जारी गरेको अधारमा बम्जनलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट गत पुस २४ मा पक्राउ गरेको थियो ।

    महोत्तरीको जलेश्वर जेलमा रहेका बम्जनलाई सिन्धुपाल्चोकमा परेको मुद्दाको अनुसन्धानका लागि लगिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस