२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गर्न हेलिकप्टर चढेर पुगे माेहन बस्नेत

  • २०८१ श्रावण ४, शुक्रबार मा प्रकाशित ४ महिना अघि
  • काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन् ।

    कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री बस्नेतले शुक्रवार जिल्लाका विभिन्न बाढी पहिलो प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरेका हुन् ।

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, सिन्धुपाल्चोकका प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान अधिकृत राजन प्रजापति लगायतको सहभागितामा जिल्लाका विभिन्न बाढी प्रभावित क्षेत्रको निरीक्षण गरिएको हो ।

    बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन, सम्भावित जोखिम न्यूनीकरण तथा राहत उद्धारको काममा सहजताका लागी क्षेत्र नम्बर १ को भोटेकोशी, दुगुनागढी, लिपिङ, कोदारी, तातोपानी, चाकु बजार, खागदल र खाडीचौर तथा क्षेत्र नम्बर २ को तिपेनी बजार लगायत आसपासका क्षेत्र, नेशनल हाईड्रोपावर, याङरी बजार हेलम्बु , मेलम्ची लगायतका क्षेत्रहरू निरीक्षण गरिएको हो ।

    निरन्तर वर्षा पछि आएको बाढीले सिन्धुपाल्चोक जिल्लाका विभिन्न ठाउँहरूमा ठुलो मात्रामा भौतिक क्षति पुर्‍याएको र सबै क्षेत्रहरूमा गाडी मार्फत निरीक्षण सम्भव नभएकाले नेता बस्नेतले जिल्लाका सरोकारवालहरूलाई सँगै लिएर क्षतिग्रस्त ठाउँहरूको निरीक्षण तथा राहतका लागी समेत यथाशीघ्र पहल थाल्न ध्यानाकर्षण गराएका छन् ।

    नेता बस्नेतले विगतदेखि नै हरेक विपदजन्य अवस्थामा पीडितहरूको उद्धार तथा राहतका लागी काम गर्दै आएका छन् । यो वर्ष पनि वर्षा शुरु भए लगत्तै उनले प्रभावित क्षेत्रमा निगरानी बढाएका छन् ।

    निरीक्षणपछि बाढी प्रभावितहरूमा राहतको आशा पलाएको छ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नेता बस्नेतले नागरिकको हरेक सुखदुखको सारथीको परिचय बनाएका छन् ।

    यसअघि पनि उनले विपदको समयमा जिल्ला पुगेर स्थानीय जनताहरुका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । मेलम्चीको बाढी होस् वा भूकम्प वा कोरोनाकालको कठिन समय नै किन नहोस् बस्नेत हरेक समय आफ्नो जिल्लाका जनताहरुसँगै रहने गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%

    प्रतिक्रिया दिनुहोस