२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

गोसाईँकुण्डमा लेक लागेर मेलम्चीका २४ वर्षीय युवकको मृत्यु

  • २०८१ जेष्ठ १८, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • चौतारा । रसुवाको गोसाईँ लेक लागेर सिन्धुपाल्चोकका २४ वर्षीय युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का २४ वर्षीय विजय तामाङ रहेका छन्।

    सिन्धुपाल्चोकको हेलम्बु हुँदै लाङटाङको क्यान्जिङ उपत्यकको पदमार्ग अबलोकन गर्दै आएका तामाङको ५६०० मिटरको उचाईमा रहेको लाङसिसा आसपास क्षेत्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक केशव भट्टराईले बताए।

    लाङटाङको क्यान्जिङ उपत्यकको पदमार्ग अबलोकन गर्दै ५६ सय मिटरको उचाईमा पुगेपछि उनी लेक लागेर बिरामी परेका थिए। तर, घटनास्थलमै मृत्यु भयो।

    शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज फरेन्सिक मेडिसिन विभागमा पठाइएको रुसुवा प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%

    प्रतिक्रिया दिनुहोस