२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

दश मिनेटमा पैसा ‘डबल’ बनाइदिन्छु भन्दै ७ लाख लिएर फरार चौताराका युवक समातिए

  • २०८० पौष २७, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • काठमाडौं । दश मिनेटभित्र पैसा ‘डबल’ बनाइदिन्छु भन्दै ७ लाख लिएर फरार भएका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    सिन्धुपाल्चोक चौतारा साँगाचोकगढि नगरपालिका ५ घर भई काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने २६ वर्षीय कुमार लामालाई प्रहरीले स्वयम्भूबाट नियन्त्रणमा लिएको हो।

    गत पुस १६ गते सल्यान छत्रेश्वरी गाउँपालिका ४ घर भई दाङ तुलसीपुर ५ बस्ने सुरेन्द्र वलीसँग दश मिनेट भित्रमा पैसा डबल बनाई दिन्छु भन्दै नक्कली पैसाको भिडियो देखाएर विभिन्न प्रलोभनमा पारी निजसँग रहेको सात लाख लिई लामा फरार भएका थिए।

    सोही सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाण्डौँबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको साथबाट ६० हजार नगद र एक थान मोबाइल बरामद भएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस