२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

एजेन्टलाई ८० लाख बुझाएर अमेरिका छिरेका बाह्रबिसेका सुवासकाे अध्यागमन हिरासतमै मृत्यु

  • २०८० मंसिर ३, आईतबार मा प्रकाशित १ साल अघि
  • चाैतारा । अवैध रूपमा अमेरिका छिरेका एक नेपालीको अमेरिकास्थित अध्यागमन हिरासतमै मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ सखुवा बजारका ३२ वर्षीय सुवास श्रेष्ठको मृत्यु भएको हो ।

    संगठित मानव तस्करमार्फत अवैध रूपमा अमेरिका छिरेका उनको अध्यागमन हिरासतमै छँदा गत सोमबार दिउँसो मृत्यु भएको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट एजेन्सीले पुष्टि गरेको छ । उनकाे मृत्युकाे स्पष्ट कारण भने खुलेकाे छैन ।

    काठमाडौंस्थित रञ्जना कम्प्लेक्समा पसल चलाएका उनी भूकम्प र कोरोना महामारीसँगैको आर्थिक मन्दीले व्यापार सुस्ताएपछि अमेरिका लागेका थिए । उनले स्वदेशी र विदेशी एजेन्टहरूलाई झन्डै ८० लाख रुपैयाँ बुझाएको बताइन्छ ।

    अवैध मार्ग हुँदै अमेरिका छिरेपछि सुवासलाई त्यहाँको अध्यागमनले नियन्त्रणमा लिएर टेक्सासस्थित कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेको थियो । हिरासतमै छँदा सुवासलाई नेपाल डिपोर्ट गर्ने तयारी भइरहेकै बेला मृत्यु भएको हो । छोराको हिरासतमै मृत्यु भएको खबरले वडा ६ का अध्यक्षसमेत रहेका कुलबहादुर श्रेष्ठ र उनकाे परिवार शोकमा डुबेकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस