२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

अवरुद्ध अरनिको राजमार्ग सञ्चालन

  • २०८० आश्विन २८, आईतबार मा प्रकाशित १ साल अघि
  • चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको खाडीचौरमा बसले ठक्कर दिँदा महिलाको मृत्यु भएपछि पीडित पक्षले गरेको अवरोध हटेको छ।

    अरनिको यातायातका सवारी साधान बाहेक अन्य यातायातका साधनलाई मात्रै सडक खोल्न पीडित पक्ष तयार भएको हो।

    काठमाडौंबाट बाह्रबिसे आइरहेको बा ३ ख ५५४ नम्बरको यात्रुबसले शनिबार ठक्कर दिँदा स्थानीय माइली तामाङको मृत्यु भएको थियो । मृतकका आफन्तले विभिन्न माग राखी आइतबार मध्याह्न १२ बजेदेखि खाडीचौर अमलटार आसपास सवारी आउजाउ ठप्प बनाएका छन् ।

    अवरोधका कारण अरनिको राजमार्ग खाडीचौर अमलटारमा यात्रु अलपत्र परेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस