२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

बसको ठक्करबाट महिलाको मृत्यु भएपछि पीडित पक्षद्वारा अरनिकाे राजमार्ग अवरुद्ध

  • २०८० आश्विन २८, आईतबार मा प्रकाशित १ साल अघि
  • चाैतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको खाडीचौरमा बसले ठक्कर दिँदा महिलाको मृत्यु भएपछि पीडित पक्षले सडक अवरुद्ध पारेका छन् ।

    काठमाडौंबाट बाह्रबिसे आइरहेको बा ३ ख ५५४ नम्बरको यात्रुबसले शनिबार ठक्कर दिँदा स्थानीय माइली तामाङको मृत्यु भएको थियो । मृतकका आफन्तले विभिन्न माग राखी आइतबार मध्याह्न १२ बजेदेखि खाडीचौर अमलटार आसपास सवारी आउजाउ ठप्प बनाएका छन् ।अवरोधका कारण अरनिको राजमार्ग खाडीचौर अमलटारमा यात्रु अलपत्र परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बसको ठक्करबाट तामाङ सख्त घाइते भएकी थिइन् । उनलाई उपचारार्थ काभ्रेस्थित धुलिखेल अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । मृतकका आफन्त, परिवारसहित स्थानीयले सडकमा ढुंगामुडा राखेर सवारी आउजाउ बन्द गरेको इप्रका बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताए ।

    ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं, सीसीटीभी फुटेजबाट यथार्थ घटना देखिन्छ ,’ उनले भने । प्रहरी निरीक्षक जोशीले पीडितपक्षसँग प्रहरी, सम्बन्धित निकाय, अगुवा, स्थानीय प्रशासन बसेर छलफल गरिरहेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस