चाैतारा । नेकपा (माओवादी केन्द्र ) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकाेटाले सिन्धुपाल्चोककाे लिसंखुपाखर गाउँपालिकाबाट जनतासँग माओवादी विशेष रुपान्तरण अभियानकाे सुरुवात गरेका छन्। लिसंखुपाखरकाे वाफल पुगेर सापकाेटाले काउलिकाे बिरुवा राेपेर अभियान सुरुवात गरेेका हुन्।
´घरघरमा माओवादी , जनजनमा माओवादी `भन्ने स्लाेगानका साथ शनिबार माओवादी केन्द्रले देसभरका (६७४३) वडाहरुमा एकैसाथ अभियानकाे उद्घाटन गरेकाे छ । अभियान सुरुवात गर्ने क्रममा गृह जिल्ला सिन्धुपाल्चोक पुगेका सापकोटाले त्यहाँ स्थित जनहित कृषि फार्म र अभियानकाे एकैसाथ उद्घाटन समेत गरे।
अभियानकालाई सम्वाेधन गर्दै पुर्व सभामुख सापकाेटाले कृषि उद्योग र विज्ञानलेनै देसलाइ समृद्ध बनाउन सकिने बताए। नेपालमा सबै कुरा भएर पनि हाम्रो इच्छाशक्ति र इमानदारीता नभएकै कारण देशले विकासकाे लय पक्रन नसकेकाे बताए।
देशलाई कृषिमा निर्भर बनाउन सकिए मात्रै स्वाधिनतातिर लम्कने उनकाे भनाइ छ। उनलेे जनता र उत्पादनसँग जाेडिन कार्यकर्ताहरूलाई निर्देशन समेत दिए।
प्रतिक्रिया दिनुहोस