चौतारा । पूर्व अरनिको यातायात प्रालिले काठमाडौं महानगरको निर्णय नमान्ने भएको छ। महानगरको निर्णय विपरित पूर्वअरनिको यातायातले आफ्नै लगानीमा छुट्टै बसपार्क निर्माण गरेको हो।
महानगरले असार १ गतेदेखि महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिरिने लामो र मध्यम दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनहरुलाई अनिवार्य रुपमा काठमाडौंको गोंगबु बसपार्कबाट नै छुट्नुपर्ने व्यवस्था गरेको थियो।
राजधानी पूर्वका जिल्लामा सञ्चालन हुने यातायातका साधानहरुलाई गोंगबु बसपार्कमा नै पुग्नुपर्ने निर्णय अव्यवहारीक रहेको भन्दै पूर्व अरनिको यातायाता प्रालिले काठमाडौं महानगरपालिका–३२ जडिबुटीमा बसपार्क बनाएको हो।
१४ रोपनी जग्गा भाडामा लिएर पूर्व अरनिको यातायात प्रालिले सुविधासम्पन्न बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुर्याएको अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।
पूर्व अरनिको यातायात प्रालिले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली लगायतका जिल्लाका सवारी चलाउँदै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस