२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

इन्द्रावतीमा पानीको वहाब बढेपछि हेलम्बु राजमार्ग अवरुद्ध

  • २०८० श्रावण २९, सोमबार मा प्रकाशित १ साल अघि
  • सिन्धुपाल्चोक । शनिबारदेखि लगातार परिरहेको वर्षाका कारण इन्द्रावती नदीमा वहाब बढेसँगै मेलम्ची हेलम्बु सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

    प्रहरीका अनुसार बाढीपहिराेका कारण मेलम्चीबाट हेलम्बु गाउँपालिका जाने सडकमार्ग अवरुद्ध भएको हो । यसका साथै मेलम्चीबाट पाँचपोखरी थाङपाल गाउँपालीका जाने सडक पनि पाँचपोखरी थाङपाल-८ खाल्डे खोलामा बन्द भएको छ ।

    मेलम्चीबाट हेलम्बु गाउँपालिका जाने सडक मार्ग अवरुद्ध हुँदा मेलम्चीबाट ग्याल्थुम बिएड दोस्रो वर्षको परीक्षा दिन गएका विद्यार्थी बाटोमा अलपत्र परेका थिए ।

    अवरुद्ध सडकलाई पानी कम भए लगत्तै सञ्चालन गरिने बताउँदै मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले बाढीको वहाब बढेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरे ।

    May be an image of 1 person and mountain

    मेलम्ची नदीको मुहान देखिनै आएको बाढीमा २०७८ सालको जस्तो लेदो मिसिएर आएको हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनले बाढीमा लेदो मिसिएर आएकाले नदी आसपासमा नजान र सुरक्षित स्थानमा रहन तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अनुरोध गरे ।

    यसैगरी पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले बाढीको वहाब बढेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गर्दै आवातजावतका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् ।

    May be an image of road

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस