२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सिन्धुपाल्चोक आसपास भारी वर्षा हुने, सचेत रहन आग्रह

  • २०८० श्रावण १६, मंगलबार मा प्रकाशित १ साल अघि
  • चौतारा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक आसपास भारी वर्षा मापन भएको बताएको छ।

    बिहानै ट्विरमार्फत् उसले गराएको जानकारी अनुसार पछिल्लो ३ घन्टामा सिन्धुपाल्चोकको धापस्थित केन्द्रमा भारी वर्षामापन भएको छ। हेलम्बु नाकोते केन्द्रमा पछिल्लो ६ घन्टामा ४५.६ मिलिमिटर वर्षा मापन गरिएको छ।

    सिन्धुपाल्चोककै धाप केन्द्रमा ९४ मिलिमिटर वर्षा मापन गरिएकोले मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेको छ।

    यसैबीच काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ। अहिले काठमाडौं उपत्यकाका बागमतीको सहायक नदी मनोहरा, हनुमन्तेलगायतमा जलसतह बढ्दो क्रममा रहेको महाशाखाले बताएको छ।

    मनोहरा बालकुमारी जलमापन केन्द्रमा जलसतह सतर्कता नजिक पुगेकाले मनोहरा, हनुमन्ते आसपासका डुबान हुने बस्तीमा रहेकाहरूलाई सुरक्षित स्थानमा जान सचेत गराएको छ। नदी किनारको सडक भई यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस