२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

देशभर भारी वर्षा हुने, बाढीपहिरोबाट बच्न महाशाखाकोे अपिल

  • २०८० श्रावण ९, मंगलबार मा प्रकाशित १ साल अघि
  • चौतारा । अहिले काठमाडौं उपत्यकासहित देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाको अनुुसार यतिबेला कोशी, मधेश र कर्णाली प्रदेशका एकरदुई स्थानमा र बाँकी प्रदेशमा केही स्थानमा वर्षा भइरहेको हो। पछिल्लो ३ घण्टामा चितवन आसपास, पाल्पा आसपास, दाङ आसपास र कैलाली टीकापुरमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

    आज मौसम खुल्ने सम्भावना छैन। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    यस क्रममा कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यस्तै राति पनि देशभर मौसम सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    महाशाखाका अनुसार राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। महाशाखाले आगामी २४ घण्टा का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

    जसमा भनिएको छ– ‘देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। तसर्थ यसकारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस