२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

गाउँपालिका राष्ट्रिय महासंघको अधिवेशन हुँदै, महासचिवमा शेर्पाको उम्मेद्वारी

Thumbnail
  • २०७४ चैत्र ५, सोमबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योती
    ५ चैत्र २०७४, सिन्धुपाल्चोक ।

    चैत १७–१९ गतेसम्म काठमाडौमा सञ्चालन हुने गाउँपालिका राष्ट्रिय महासंघको अधिवेशनमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले महासचिवमा उम्मेदवारी दिने भएका छन् ।

    कांग्रेसको नेता समेत रहेमा हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले कांग्रेसको भागमा परेको महासचिव पदमा पार्टीले आपूmलाई उमेदवार बनाउने दाबि गरेका छन् । सरकारले निर्धारण गरेको नयाँ मर्यादा क्रममा महानगर पालिका र उप महानगर पालिकाका प्रमुख र उपप्रमुखको तुलनामा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई विभेदपूर्ण तरिकाले मर्यादाक्रम तोकेको शेर्पाको भनाइ छ । मर्यादाक्रममा भएको विभेद र गाउँपालिका राष्ट्रिय महासंघलाई अधिकार सम्पन्न गराउन आफुले उमेदवारी दिने मनसाय बनाएको अध्यक्ष शेर्पाले बताए ।

    महासंघको विधान अनुसार २९ जनाको कार्यसमिति चयन गरिने छ । जसमा पहिलो दलले अध्यक्ष र उपाध्यक्ष, दोस्रो दलले महासचिव र सचिव पाउनेछ भने तेस्रो दलले कोषाध्यक्ष पाउने ब्यवस्था रहेको महासंघका बरिस्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेलले जानकारी दिए ।

    हरेक गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष, प्रदेश समितिले तोकेको प्रत्येक जिल्लाबाट वडा अध्यक्ष मध्यबाट एक जना र वडा सदस्य मध्ये बाट एकजना ४ सय ६० ओटा गाउँपालिकाका १ हजार ५० जना जन प्रतिनिधिहरुले सो अभिवेशनमा भाग लिने अधिकृत प्याकुरेलले बताए ।

    स्थानीयतह निर्वाचनमा दलहरुले प्राप्त गरेको हैसियत अनुसार एमालेले अध्यक्ष र उपाध्यक्ष, कांग्रेसले महासचिव र सचिव पाउने छ भने नेमपा (माओवादी केन्द्र) ले कोषाध्यक्ष पाउने छ ।

    महासंघको यो पहिलो अधिवेशन हो । पहिले जिविस महासंघ भन्दै आइएकोमा जिविस भंग भइसकेको अबस्थामा यसलाई हाल गाउँपालिका महासंघ नामाकरण गरिएको छ ।

    अधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी ओलीबाट गरिने कार्यक्रम तय गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस