खबरज्योती
५ फागुन २०७४, एजेन्सी ।
दक्षिणी मेक्सिकोको वहाका राज्यमा शक्तिशाली भूकम्प गएको छ । ७.२ म्याग्निच्युडको भूकम्पले त्यहाँदेखि ३ सय किलोमिटर टाढा मेक्सिको सिटीमा रहेका भवनहरू समेत हल्लाएको थियो ।
हालसम्म हताहती तथा क्षतिको विवरण प्राप्त भएको छैन । विद्यालयहरूमा उद्धारका कामहरू अघि बढाइएको बताइएको छ । मानिसहरू घरबाट खुला सडकतर्फ निस्किएका छन् ।
भूकम्पको धक्का महसुस भएपछि मेक्सिको सिटीमा अत्तलिएका हजारौं मानिसहरू सडकमा निस्किएका थिए । उनीहरू एक अर्कालाई अंकमाल गर्दै रोएको र अंगालो हालेर बसेको अनि कतिपय अन्योलग्रस्त अवस्थामा रहेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस