खबरज्योती
५ फागुन २०७४, सिन्धुपाल्चोक ।
भूकम्प पछि सिन्धुपाल्चोकमा भएको गतिविधि समेटिएको उपन्यास बिर्सिएको मृत्यु शुक्रबार सार्वजनिक गरिएको छ ।
प्रगति राईले लेखेको सो उपन्यास नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक गरिएको हो । कवि विप्लव प्रतीक, संगीत श्रोता, लेखक उज्ज्वल प्रसाईं, सञ्चारकर्मी नितु पण्डित, विजया केसी लगायतले पुस्तकको संयुक्त रुपमा विमोचन गरे।अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गरिएको कार्यक्रममा पुस्तक सार्वजनिक गरिनुका साथै कविता वाचन एवम् पुस्तकमाथी टिप्पणी समेत गरिएको थियो ।
कार्यक्रममा कवि केशव सिलवाल, चन्द्र रानाहाँछा, सुन्दर शिरीष, सकुन्तला जोशी, निर्दोशी प्रविना लगायत स्रष्टाले कविता सुनाएका थिए । मुलबाटो प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सयौं स्रष्टाहरुको उपस्थिति थियो ।
लेखिका राईको यो तेस्रो कृति हो । यस अघि उनको लेखककी स्वास्नी उपन्यास र वादी विज्ञप्ती कविता संग्रह बजारमा आईसकेको छ ।
प्रतिक्रिया दिनुहोस