जिन्दगी जिउने हज्जारौं कला हुन्छन् ।
जसको भोगाइमा जे छ त्यहि कुरा भोग्न र गर्न पाईने रहेछ । रहर अनि सपनाहरु सजाएर मात्र हुन्न त्यसलाई पूरा गर्ने साहास र जस्तो सुक्कौ अवस्थामा पनि जिउन सिक्नु पर्ने रहेछ । त्यहि बाध्यतालाई नै जिन्दगीको आफनो साहारा र खुसीको आँखाले हेनु पर्ने रहेछ । यसै गरी मेरो जिन्दगीको सुख, खुसी पनि धुलोसँग गासिएको छ ।
जिन्दगीसँग जोडिएपछि धुलो दुई शब्दको अक्षरमात्र होइन कसैको दुई छाकको खाना कसैको उज्जल भविव्य, कसैको निदाउने साहारा, सपनासँग जोडिएको हुन्छ । रहर लाग्दो र सपनाको छहारी होइन धुलो काहाली लाग्दो र अन्धकारको छिटा हो । अनौठोसँग गासिएको हुन्छ यससँग हाम्रो सम्बन्ध । सफा लुगा एउटा सानो गाडी, राम्रो लुगा र कालो चस्मा लगाएर हिँड्ने सम्य मानिसहरुको गोडामासम्म लाग्न दिदैनन् । त्यसलाई फोहोर अनि दुर्गन्धको रुपमा रुपमा नजानिदो पाराले छ्या कति धुलो भन्दौ सरिफ बन्न पछि पर्दैनन् हाम्रो शहरमा । हो यही शहरको धुलो हुँ म, जो धनीको लुगामा टाँसिन चाहान्छु तर उनीहरु हामीलाई हाम्रो अनुहारसम्म नदेखिने गरी धुलोे टाँस्न छाड्दौनन् । कति फरक छ उनीहरु धुलोलाई टाढा राख्न हर कोसिस गर्छन् । अनि म धुलोले आफुलाई नै पुर्ने कोसिस गर्छु ।
म त्यहाँ आफूलाई पुर्दिन । मेरा सपना, चाहाना र खुसीको लागि होईन । यो पापी पेटलाई खाली राख्न नसक्ने भएर यसलाई नै जिन्दगी बनाएको छु । बिहानको मिरमिरेसँगै मेरो सपनाहरु जाग्दछन् । सपनासँगै धुलो मेरो जीवनमा जोडिएर आउँछ, पलपल । धुलोमा मेरो सपनाहरु फिजिँएको देख्छु ।
हरपल याद आउँछ, मायालु स्वरमा फोनमा कसैले भनिरहेको हुन्छ, ‘बाबा हजुर आउँदा मलाई राम्रो नाना, धेरै खेल्ने कुराहरु ।’ अनि त्यो कुराहरु सकिन नपाउदै पछाडिबाट पनि उनीले पनि हाँस्दै ‘मेरो लागि पनि राम्रो फोन, अनि गतिलो एउटा साडी ल्याईदिनु ल भनेको’ यी कानहरुमा गुन्जिरहेका हुन्छन् ।
अनि म कसरी घृणा गर्न सक्छु यो धुलोलाई ? म मख्ख पर्ने गर्छु जब म धुलोले मेरा आँखासम्म छोपिएका हुन्छन् । धुलो छुनसम्म गिज्मिजाउने सफा पहिरनमा घुमाउरो टेवलमा बस्दै, ‘ए कान्छा छिटो छिटो लोड गर अब अर्को गाडी आउने समय भयो’ । आपूmलाई मानिस र धुलो लाग्ने व्यक्तिलाई गरिव र भिकारीको नाम दिने सफल भएका व्यक्तिहरु मेरो नाम जप्दौ भन्छन् ।
त्यो समयमा मलाई पीडा त भएको हुन्छ तर खुसी पनि छुटौ किसिमले भइरहेको हुन्छ । नजानिदो पाराले त्यो शव्दले मन छोएको हुन्छ । विहानदेखिको खाली पेटले भनिरहेको हुन्छ, ‘बस्, अब भयो एकछिन भएपनि बस् । म गलिसके । अब तलाई साथ दिन सक्दिन । पानी पिएर भए पनि मलाई सन्तुष्ट बनाँ नत्र तेरो त्यो अनुहारमा देखिएको खुसीहरु एकैछिनमा छट्पटी र आँसुमा झर्ने छु ।’
यो मनको कुरालाई सहज रुपमा अस्वीकार गर्दा सारा पीडालाई आफ्नो परिवारको लागि भुल्दै भन्नेछु, ‘हस् साहुजी यसमा सिमेन्ट लोड भैसक्यो ।’ म तयार छु कलिकति मुस्कुराएको जस्तोगरी सहज रुपमा भन्छु ।
धुलोले आफ्नो पूरै शरीर नदेखिने गरी छोपिनुमा नै खुसी महशुस गर्छु । एकाबिहानदेखि साथमा एउटा बोरा लिएर, गोडामा प्लास्टिकको चप्पल लगाएर सपनाको छालहरुसँगै म निस्कन्छु । म यहि सोच्छु कि ‘म बेलुका फर्किदा धुलोमा पुरिएको हुँ ।’ यसरी पुरिनुनै दिनभरी भारी लोड गर्न पाउनु थियो । यो वालुवा, सिमेन्टको धुलोले आआफूलाई चिनिनसक्नु गरी बस्नु मेरो चाहाना बनको छ ।
मेरो जिन्दगी काठमाडौंको धुलोसँग गासिएको छ । हामीलाई देख्नेवितिकै मुख छोप्दै डिड्ने सफा मानिसहरुले यो धुलोसँग जिन्दगी गाँसिएको भएर होला फोहोरी, भरिया, भिकारीको उपनाम दिईरहेका छन् ।
२०७४ पौष २६ गते प्रकाशित
प्रतिक्रिया दिनुहोस