२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सञ्चारमन्त्रीले बुझाएनन् चुनावी खर्च

Thumbnail
  • २०७४ पौष २४, सोमबार मा प्रकाशित ६ साल अघि
  • २ उम्मेद्वारबाट मात्रै चुनावी खर्च सार्वजनीक

    खबरज्योति
    २४ पौष २०७४, सिन्धुपाल्चोक ।

    सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्य– १ मा पराजीत भएका सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अहिलेसम्म चुनावी खर्च बुझाएका छैनन् ।

    बस्नेतलाई पराजीत गरी निर्वाचित भएका सांसद तथा पूर्व मन्त्री अग्नीप्रसाद सापकोटाले पनि चुनावी खर्च बुझाएका छैनन । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकका ५६ उम्मेदवार मध्ये २ ले मात्र अहिलेसम्म चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन् ।

    प्रतिनिधिसभा २ अन्र्तगत प्रदेशसभा १ सदस्यमा निर्वाचित सभासद् युवराज दुलाल र प्रतिनिधिसभा १ सदस्यमा पराजीत उम्मेदवार सोमनोर्बु शेर्पाले मात्रै खर्चविवरण सार्वजनीक गरेका हुन् । माओवादी केन्द्रबाट उम्मेदवार रहेका दुलालले १४ लाख ९३ हजार ६ सय रुपियाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गरेका छन् । त्यस्तै आमूल परिवर्तन मसिहा पार्टीबाट उम्मेदवार रहेका शेर्पाले ६ लाख ५९ हजार ७ सय ७५ रुपियाँको खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    निर्वाचन कार्यालयका अनुसार खर्च विवरण सार्वजनीक गर्न उम्मेद्वारहरुलाई ताकेता गरिएको भएपनि उनीहरुले अटेर गरिरहेका छन् । निर्वाचनको मतपरिणाम प्रकाशन भएको एक महिना बितिसक्दा समेत अझै खर्च विवरण नबुझाउँदा उनीहरुलाई अफ्ट्यारो पर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिनिधिसभा सदस्यका उम्मेदवारले २५ लाख तथा प्रदेश सभा सदस्यका उम्मेदवार १५ लाख सम्म खर्च गर्नसक्ने निर्वाचन आयोगले सीमा तोकेको थियो ।

    प्रनिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा(४) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

    सम्बन्धित जिल्लाका निर्वाचन कार्यालय वा क्षेत्रीय निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण पेश गर्न सकिने आयोगले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस