२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

अर्थमन्त्रीलाई सांसद सापकोटाको प्रश्न- ५० ओरेन्ट म्याग्नेसाइट र तातोपानी लिपिङ सडकको जवाफ खै ?

  • २०८० जेष्ठ २९, सोमबार मा प्रकाशित १ साल अघि
  • २९ जेठ, २०८०

    काठमाडौं । सिन्धुपाल्चोक १ का संघीय सांसद माधव सापकोटा सुबोधले ५० करोडको सम्झौता भएका स्थानमा १० लाख रकम विनियोजन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    आर्थिक बर्ष २०८० ८१ को राजश्व र व्ययको बार्षिक अनुमानमाथिको छलफलमा अर्थमन्त्रीलाई प्रश्न राख्दै सांसद सापकोटाले भने मैले ओरेन्ट म्याग्नेसाइटका बारेमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको बताएको जनाउँदै जवाफ नपाएको बताए ।

    त्यसबारे उनको भनाइ –

    ३७ करोड, ५० करोडका विभिन्न ठेक्का सम्झौता भएका छन्, पुस्तक पढ्दा जम्मा १० लाख पैसा छ, त्यो व्यवस्थापन कसरी हुन्छ, हुन्छ ? बाह्रविसे देखि तातोपानी लिपिंसम्म मित्रराष्ट्र चीनसँग सिमा जोडिएको सडक यसका बारेमा विशेष योजना आवस भनेको थिएँ, त्यसको जवाफ पाउन सकिन ।

    धुलीखेलदेखि लिपिंसम्मको अरनिको राजमार्गको डिपिआर बनोस भनेको थिएँ, त्यसको पनि जवाफ पाइएन, विपद व्यवस्थापनका बारेमा बजेटमा, नीति कार्यक्रममा कतै पनि बोलिएन र अर्थमन्त्रीको जवाफमा पनि त्यो कुरा आएन, मेलम्ची खानेपानी, तातोपानी नाका, दहत्तर बहत्तर, जलविद्युत आयोजना, पर्यटन क्षेत्रलगायतका विभिन्न क्षेत्रबाट मूलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको सिन्धुपाल्चोकलाई गम्भीरतापूर्वक हेरियोस् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस