२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

बाम गठबन्धनद्वारा सांसद्लाई सम्मान, मतदातालाई धन्यवाद

Thumbnail
  • २०७४ पौष २०, बिहिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति
    २० पौष २०७४, सिन्धुपाल्चोक ।

    संयुक्त बाम गठबन्धन सिन्धुपाल्चोकले नवनिर्वाचित सांसद्लाई सम्मान गरेको छ भने मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

    बिहीबार जिल्ला सदरमुकाम चौतारा स्थित सहिद प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा जिल्लाका बाम गठबन्धनबाट निर्वाचित सांसद्हरुलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नं. १ बाट निर्वाचित सांसद् एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय सदस्य अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा १ का सांसद् एवम् नेकपा एमालेका पोलिट्ब्युरो सदस्य अरुण नेपाल, प्रदेशसभा २ का सांसद् एवम् नेकपा एमालेका नेता शरेश नेपाललाई सम्मान गरिएको हो ।

    सम्मान ग्रहण गर्दै सांसद् एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय सदस्य अग्निप्रसाद सापकोटा ।

    त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ बाट निर्वाचित सांसद् एवम् नेकपा एमालेका नेता शेरबहादुर तामाङ, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा १ का सांसद् एवम् नेकपा (माओवादी केन्द्र) का नेता युवराज दुलाल र समानुपातिक सांसद् इन्द्रमाया गुरुङलाई सम्मान गरिएको छ ।

    कार्यक्रममा सम्मानित सांसद् एवम् बाम नेताहरु ।

    कार्यक्रममा बाम गठबन्धनलाई मतदान गर्ने सबै मतदाताहरुलाई धन्यवाद दिईएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि एवम् नेकपा एमालेका केन्द्रीय अनुशासन विभागका अध्यक्ष अमृतकुमार बोहोराले जिल्लाभरका मतदाताले बाम गठबन्धनलाई विजयी गराउन आफ्नो अमूल्य मत प्रदान गरेकोमा धन्यवाद दिएका थिए । उनले मतदाताले दिएको मतको सहि सदुपयोग गर्न सांसद्हरुलाई आग्रह समेत गरे । ‘आम नागरिकले बाम गठबन्धनसँग संमृद्धिको अपेक्षा गरका छन्’, उनले भने– ‘मतदाताको अपेक्षा पूरा गर्न सांसद्हरु लाग्न जरुरी छ ।’

    सम्मान एवम् धन्यवाद कार्यक्रममा उपस्थित बाम नेता एवम् मतदाताहरु ।

    सो कार्यक्रममा सयौंको संख्यामा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का जिल्ला नेताहरुको उपस्थिति थियो । नेकपा एमालेको जिल्ला अध्यक्ष झम्क नेपालको अध्यक्षतामा भएको सम्मान एवम् धन्यवाद कार्यक्रमको सञ्चालन नेकपा (माओवादी केन्द्र) का युवा नेता माधव सापकोटाले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस