खबरज्योति
१४ पौष २०७४, सिन्धुपाल्चोक ।
हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि र राजनीतिक अगुवाहरुको क्षमता विकास गराइएको छ ।
समुदायको अगुवाईमा जवाफदेहिताको असल अभ्यास कार्यक्रम अन्र्तगत हेलम्बु गाउँपालिकाका सबै वडाका अध्यक्ष, सचिव, वडा सदस्य, गाउँपालिकाका पदाधिकारी र कर्मचारीलाई क्षमता विकासतालिम दिईएको हो ।
गाउँपालिकाका जनप्रतिनिधि र राजनीतिक दलका अगुवाहरुलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत डम्बरु दाहालले प्रशिक्षण दिएका थिए । तालिममा गाउँपालिका भरबाट ३९ जनाको सहभागिता रहेको हेलम्बु गाउँपालिकाले जनाएको छ ।
कार्यपालिका एवम् वडाहरुमा कार्यसम्पादन गर्ने क्रममा आईपर्ने अन्यौलता र कानुनी जटिलताहरुको बारेमा प्रष्ट पार्नको लागि तालिमले महत्वपूर्ण सहयोग गरेको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । तालिमपछि जनताको काम सहज रुपमा हुनेमा आफू ढुक्क रहेको उनको भनाई छ ।
पुस १३ गते देखि सञ्चालन गरिएको तालिम आज अर्थात शुक्रबार सकिएको हो । तालिमलाई आत्मनिर्भरता केन्द्र र एक्सनएड नेपालले आर्थिक एवम् प्राविधिक सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस