२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

जुगल हिमालमा ५ वर्ष निःशुल्क आरोहण गर्न दिने सरकारको निर्णय

  • २०७९ चैत्र २८, मंगलबार मा प्रकाशित १ साल अघि

  • चैत २८, २०७९

    काठमाडौँ । सरकारले जुगल हिमाल नि:शुल्क आरोहण गर्न दिने निर्णय लिएको छ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५ वर्षका लागि निःशुल्क आरोहण गर्ने अनुमति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    ‘भर्जिन’ हिमालको उपमा पाएको जुगल हिमालमा २०७४ मा आरोहण अनुमति खुलाइएको थियो।

    त्यसपछि जुगल गाउँपालिका–३ गुम्बा गाउँस्थित जुगल हिमशृङ्खला ६१५१ मिटर उचाइको ग्याल्जेन चुचुरोमा २०७५ चैत अन्तिम साता पहिलो पटक सफल आरोहण भएको थियो।

    ग्याल्जेन पिकसहित जुगल शृङ्खलामा ११ वटा चुचुरो पर्छन्। त्यसबेला समावेशी सगरमाथा आरोही माया गुरुङ, शर्मिला थापा र मिलन लामाले जुगल आरोहण गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस