२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

विवेकशील साझाबाट रमेश बने सांसद

Thumbnail
  • २०७४ पौष १३, बिहिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति
    १३ पौष २०७४, सिन्धुपाल्चोक ।

    विवेकशिल साझा पार्टीले समानुपातिकतर्फ सांसद चयन गरेको छ । बुधबार बसेको बैठकले प्रदेश नम्बर ३ को समानुपातिकतर्फ प्राप्त तीन सिटमा सांसद चयन गरेको हो ।

    तीन सांसद मध्ये सिन्ुपाल्चोकका रमेश पौड्याल पनि चुनिएका छन् । पौड्याल विगत चार बर्षदेखि राजनीतिमा सक्रिय छन् । पौड्यालले त्रिभुवन बिश्वबिद्यालयबाट समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं नेदरल्याण्डस् स्थित वागनिगन युनिभर्सिटीबाट विकास ब्यबस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । पौड्याल पार्टीको केन्द्रीय संयोजन समिति सदस्य एवं प्रवक्ता समेत हुन् ।

    पौड्यालसँगै शोभा शाक्य र विराजभक्त श्रेष्ठलाईको पनि सांसद्को लागि नाम बिहिबार निर्वाचन आयोगमा पठाइएको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले बताए । विवेकशील साझा पार्टीले प्रदेश ३ को प्रदेशसभामा चौथो ठुलो पार्टी बनेको छ। ३ नम्बर प्रदेशमा सो पार्टीले समानुपातिक तर्फ १ लाख २४ हजार ४ सय ४२ मत प्राप्त गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस