२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

महायज्ञबाट संकलित रकमबाट हेलम्बुमा मन्दिर बन्दै

  • २०७९ फागुन २२, सोमबार मा प्रकाशित १ साल अघि
  • फागुन २२, २०७९

    चौतारा । हेलम्बु गाउँपालिका-२ चुरेटारमा श्रीमत भागवत सप्ताह ज्ञान महायज्ञबाट संकलित रकमबाट मणिकणठेश्वरी मन्दिर बन्ने भएको छ ।

    फागुन १४ गतेदेखि २१ गतेसम्म एक साता सप्ताह ज्ञान लगाइएको थियो। महायज्ञमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त पण्डित दिनवन्दु पोखरेल र नवराज भट्टराईले कथा वाचन गरेका थिए।

    धार्मिक तथा पर्यटकीय रुपमा महत्वको साथ लिइने हेलम्बु भुमिमा साताव्यापी रुपमा चलेको सप्ताहमा ८ सय २१ जना दाताबाट ३७ लाख ४६ हजार ८ सय १९ रुपैयाँ संकलन भएको आयोजक समितिले जनाएको छ।

    २०७२ को विनासकारी भूकम्प र ०७८ असारमा गएको बाढीमा परि ज्यान गुमाउने हेलम्बुवासी चीरशान्ति र मोक्ष प्राप्तिको लागि महायज्ञको आयोजना गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताए।

    धार्मिक सहिष्णुता र आपसी भाइचारा बढाउने उद्देश्यले महायज्ञमा लामा प्रवचन समेत सुनाइएको उनको भनाइ छ।

    धार्मिक तथा एतिहासिक महत्व बोकेको हेलम्बु क्षेत्रको धार्मिक, पर्यटन, एतिहासिक महत्वलाई देश तथा विदेशमा समेत प्रचार गराउने उद्देश्यले चर्चित पण्डित दिनवन्दु पोखरेललाई धार्मिक दुतको रुपमा काम गरिदिन आफूहरुले आग्रह गरेको अध्यक्ष शेर्पाले बताए।

    पालिका अध्यक्ष शेर्पाको अनुरोधलाई पण्डित पोखरेलले स्वीकारेको बताए।

    हेलम्बु जस्तो धार्मिक महत्व बोकेको ठाउँमा आएर कथा सुनाउँन पाउँदा आफूलाई ज्यादै सन्तुष्टि मिलेको पण्डित पोखरेलको भनाइ छ।

    सहयोग रकम, भेटी र तुलादान गरि ३७ लाख ४६ हजार ८ सय १९ संकलन भएको र प्रतिबद्धता जनाएअनुसार आए ५० लाखभन्दा बढी संकलन हुने आयोजक समितिका प्रचार संयोजक शरण जोतिले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस