२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

संघीय शिक्षा ऐन निर्माणमा रचनात्मक भूमिका खेल्ने छु : सांसद सापकोटा

  • २०७९ माघ २५, बुधबार मा प्रकाशित १ साल अघि
  • माघ २५, २०७९
    चाैतारा । सिन्धुपाल्चोक क्षेत्र नं १ का संघीय सांसद माधव सापकोटा सुबोधले संघीय शिक्षा ऐन निर्माणमा रचनात्मक भूमिका खेल्ने बताएका छन् ।

    बुधबार जिल्लाको बलेफी गाउँपालिकास्थित कुपकन्या माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै उनले ऐनको आवश्यकताबारे चर्चा गर्दै आफ्नो यसको निर्माणमा भूमिका खेल्ने बताएका हुन् ।

    साधन श्रोतलाई केन्द्रित गरेर शिक्षा, स्वास्थ्य आयआर्जन र स्वरोजगारका क्षेत्रमा लगानी गरिने उनको भनाई थियो । सांसद सापकोटाले संकटमा रहेको अर्थतन्त्र सुधार र विदेशीने जनशक्ति रोकथाम गर्नु पर्ने चुनौतीबारे समेत चर्चा गरे । उनले आफूलाई बिश्वास गरेर भोट दिने र नदिने सबैको नागरिकको संरक्षण, भौतिक पुर्वाधार, शिक्षा स्वास्थ्य र उत्पादनका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    सिन्धुपाल्चोक १ ख बाट बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले शिक्षा क्षेत्रमा गुणस्तर वृद्धिका लागि शिक्षकलाई थप तालिमको व्यवस्थामा हुनुपर्नेमा जोड दिए । उनले आत्मअनुशासन र व्यवस्थापनबारे ध्यान दिन आग्रह गरे ।

    बागमती प्रदेश सभा सदस्य अमृता नेपाल प्रभाले शैक्षिक गुणस्तर वृद्धिका लागि सबैको योगदान हुनुपर्ने धारणा व्यक्त गरिन् । उनले व्यवहारिक शिक्षामाका केन्द्रित हुन आग्रह गरेकी थिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस