२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

गजल

Thumbnail
  • २०७४ मंसिर २७, बुधबार मा प्रकाशित ६ साल अघि
    • देबकी लामिघाते

    यो दुनियाँमा बलेकै आगो ताप्ने चलन छ ।
    सके त खुट्टा तान्ने नसके सराप्ने चलन छ ।

    आँफु कैलै झुटो हुन्न भन्ने भ्रम छ उसमा,
    एउटा सत्य छोप्न सयौ झुट गाप्ने चलन छ ।

    सक्कली त केहीँ छैन सबै थोक बनावटी,
    पितललाई सुनको ठाऊँमा छाप्ने चलन छ ।

    खास्टोमा लुकाएर धन नदि काम बन्दैन,
    हो, त्यसैले टेबलमुनि हात थाप्ने चलन छ ।

    प्रेमले अडेको संसारमा साँचो प्रीत सेलायो,
    माया त सम्पतिको तराजुमा नाप्ने चलन छ ।

    बलेफी गाउँपालिका, सिन्धुपाल्चोक

    २०७४ मंसिर २७ गते प्रकाशित 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस